डोटीमा हाईस दु र्घ टना, एकको मृ त्यु, ६ जना घा इते

Nisarga Hospital

डोटीको जोरायल गाउँपालिका–२ स्थित मेल खोलामा गएराति भएको हाईस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

CP Hospital Dhangadhi

मृतक बैतडीको डिलाशैनी गाउँपालिका–४ निवासी ४५ वर्षीय हर्कबहादुर नेगी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। गम्भीर घाइते अवस्थामा नेगीलाई उपचारका लागि मायामेट्रो अस्पताल, धनगढी ल्याइएको थियो तर चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

दुर्घटनामा हाईस चालकसहित अन्य ६ जना यात्रु घाइते भएका छन्। उनीहरूको पनि मायामेट्रो अस्पताल, धनगढीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

सुदूरपश्चिम प्रदेश ०२–००१ ज ०५६७ नम्बरको ईभी हाईस धनगढीबाट बैतडीको पुर्चौडीतर्फ जाँदै गर्दा राति करिब ११ः३० बजे भिमदत्त राजमार्ग अन्तर्गत मेल खोलानजिक सडकबाट झन्डै ५०–६० मिटर तल खसेको थियो। अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।