कञ्चनपुर पुगे अध्यक्ष प्रचण्ड, विभिन्न कार्यक्रममा सहभागीका लागि यस्ता छन कार्यक्रम

Image
Nisarga Hospital

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार कञ्चनपुर पुगेका छन्। ‘जनतासँग माओवादी : तराई–मधेस जागरण अभियान’ अन्तर्गत उनी हुलाकी राजमार्ग केन्द्रित कार्यक्रमहरूमार्फत सहभागी भइरहेका छन्।

CP Hospital Dhangadhi

बिहान पुनर्वासमा सहिद परिवारसँग भेटघाट र अन्तरक्रियामा सहभागी भएका प्रचण्डले बेलौरीस्थित रामनगर खानेपानी आयोजना उद्घाटन गरेका छन्। त्यसपछि शोभातालस्थित सहिद स्मारकमा माल्यार्पण र शोभाताल क्षेत्रको अवलोकन गरेका छन्।

बेलौरी नगरपालिकाको सभाहलमा आयोजित विशेष स्वागत तथा अन्तरक्रिया कार्यक्रममा सहभागी भएपछि उनले कलकत्ता हाटबजारको अवलोकन र बेलडाँडीमा कोणसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

बेलुकी महेन्द्रनगरस्थित संविधान चोक स्मारकमा पुगेर ‘हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी’ अभियानको समापन कार्यक्रम आयोजना हुनेछ। उक्त अभियान माओवादी केन्द्रले फागुन १२ गते झापाबाट सुरु गरेको थियो।

Dhnagadhi & Krishanapur