बझाङ प्रशासन कार्यालयबाट सार्वजनिक बिदामा पनि सेवा

Image
Nisarga Hospital

बझाङः जिल्ला प्रशासन कार्यालय बझाङले अब सार्वजनिक बिदाका दिनहरूमा पनि नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा नियमित रूपमा उपलब्ध गराउने भएको छ।

CP Hospital Dhangadhi

नेपाल सरकारको गत चैत १५ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार कार्यालयले वैशाख १ गतेदेखि यो सेवा सुरु गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीका अनुसार, नागरिकको सहजताका लागि शनिबार बाहेकका सार्वजनिक बिदाका दिनहरूमा पनि सेवा प्रवाह गरिने निर्णय गरिएको हो।

nawajiwan
Attariya Hospital

छण्डी पूर्णिमा (उमा महेश्वर पूजा), गणतन्त्र दिवस, घटस्थापना, धान्य पूर्णिमा (उभौली पर्व), क्रिसमस डे, तामु ल्होसार, पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस), माघे संक्रान्ति, सोनाम ल्होसार, सहिद दिवस, महाशिवरात्रि, ग्याल्पो ल्होसार, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस तथा ईदजस्ता पर्वहरूमा समेत कार्यालय खुला रहने छ।

जोशीका अनुसार, सीमित कर्मचारी परिचालन गरी सेवा प्रदान गरिनेछ, जसले सेवाग्राहीहरूलाई अत्यावश्यक कामका लागि सहजीकरण गर्नेछ। “सार्वजनिक बिदाका दिन समेत सेवा प्रवाह गरिनुले नागरिकका काम रोकिने छैनन्,” उनले बताइन्।