गाजामा युद्ध विरामपछिका हिंसामा २३०० बढीको ज्यान गयो

Image
Nisarga Hospital

गाजाको स्वास्थ्य मन्त्रालयले मार्च १८ यता युद्धविराम भंग भएपछि हालसम्म २,३०८ जनाको मृत्यु भएको जनाएको छ। मृतकमध्ये ५९५ जना बालबालिका रहेका छन्।

CP Hospital Dhangadhi

पछिल्लो समय गाजाको नुसरियत क्षेत्रमा इजरायली आक्रमणबाट कम्तीमा आठ जनाको मृत्यु भएको बताइएको छ। पछिल्लो २४ घण्टामा मात्रै गाजामा ३५ जनाले ज्यान गुमाएका छन्।

युद्ध सुरु भएयता गाजामा ज्यान गुमाउनेको संख्या सम्बन्धमा विभिन्न तथ्याङ्क सार्वजनिक भइरहेका छन्। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ५२,४०० जनाको ज्यान गएको छ भने १ लाख १८ हजार १४ जना घाइते भएका छन्। यद्यपि गाजाकै सञ्चार मन्त्रालयले भने मृतक संख्या अझ बढी भई ६१,७०० पुगेको दाबी गरेको छ।

nawajiwan
Attariya Hospital

विभिन्न ठाउँमा हजारौँ व्यक्ति अझै पुरिएको बताइएको छ।

गाजा युद्धको सुरुवात २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणबाट भएको हो। उक्त घटनामा १,१३९ जनाको ज्यान गएको थियो भने दुई सयभन्दा बढी व्यक्ति अपहरणमा परेका थिए।