अध्यक्ष चयन प्रक्रियाप्रति भीम रावलको आलोचना : ‘टिके चलनको निकृष्ट नमुना’

Image
oppo_2
Nisarga Hospital

अत्तरिया: नेकपा एमालेका पूर्व नेता भीम रावलले अछाममा सम्पन्न पार्टीको जिल्ला अधिवेशनमा निर्विरोध नेतृत्व चयन गरिएको प्रक्रियाप्रति आक्रोश व्यक्त गरेका छन्। रावलले यस्तो प्रवृत्तिलाई “टिके चलनको निकृष्ट नमुना” भनी आलोचना गरेका हुन्।

CP Hospital Dhangadhi

वैशाख १३ देखि चार दिनसम्म चलेको अधिवेशनले शिवप्रसाद उपाध्यायलाई अध्यक्षमा निर्विरोध चयन गरेको थियो। वैशाख १४ गते सुरु भएको बन्दसत्रमा अध्यक्ष मण्डलमा रहेका केन्द्रीय सदस्य झपट बोहरा, यज्ञ बोगटी, कमल तिमिल्सिना, प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसी र पशुपति कुँवरले सबै पदाधिकारी र सदस्यलाई सहमतिमार्फत चयन गरेको घोषणा गरेका थिए।

शुरुमा आकांक्षीको संख्या धेरै भएकाले निर्वाचन प्रक्रियाबाट अगाडि बढ्ने चर्चा भए पनि, अध्यक्ष मण्डलले सहमतिमा टुंग्याउने अडान लिएपछि सबै पदाधिकारीहरू निर्विरोध चयन भएका हुन्। नयाँ जिल्ला कमिटीमा तिलक कुँवर उपाध्यक्ष, हिरण्ड भट्टराई सचिव, टोपबहादुर शाही र गौमती शाही उपसचिव चयन भएका छन्।

nawajiwan
Attariya Hospital

पार्टीबाट निष्कासित भइसकेका नेता रावलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भनेका छन्, “जनताको बहुदलीय जनवादलाई बामाले ओलीवादमा च्युत गरिएको पछिल्लो भद्दा उदाहरण अछाम जिल्ला अधिवेशन हो। तीन दिनसम्म चुनावको प्रक्रिया हुन नदिएर अन्तमा चार जनाले स्वेच्छाचारी ढंगले पदाधिकारी र सदस्यहरूको नाम सुनाएको घटनाले सबै कुरा छताछुल्ल भएको छ।”

भीम रावललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै आएको भन्दै एमालेले २०८१ पुस १० गते साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो। त्यसयता उनले मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका छन् र समय-समयमा एमाले नेतृत्वको आलोचना गर्दै आएका छन्।

Advertize US