कुवेतमा बिरामी परेकी बाजुराकी मनपुरा मल्लको उद्धारको लागि सामाजिक सञ्जालमार्फत मार्मिक अपिल

Image
Nisarga Hospital

बाजुरा: बाजुराको हिमाली गाउँपालिका–४ फैतीकी मनपुरा मल्लले कुवेतबाट नेपाल फर्कनका लागि सामाजिक सञ्जालमार्फत मार्मिक अपिल गर्दै आएकी छन्। २०८० सालतिर रोजगारीको खोजीमा कुवेत पुगेकी मल्ल दुई वर्षपछि गम्भीर बिरामी भएपछि कुवेतमै अलपत्र परेकी हुन्।

CP Hospital Dhangadhi

अहिलेको अवस्थामा न त उनको उपचार गर्ने आफन्त छन्, न त घर फर्कने खर्च। “मैले कम्पनीको काम छोडेको पनि एक महिना भयो। मसँग न पैसा छ, न आफन्त कोही छ। यो बिरानो देशमा मर्नुभन्दा नेपालमै मर्न चाहन्छु,” उनले सामाजिक सञ्जालमार्फत आग्रह गर्दै लेखेकी छन्।

Attariya Hospital

बिरामी भएर थलिएको दुई महिना बितिसक्दा पनि सहयोग नपाएको बताउँदै उनले नेपाल सरकार र सहयोगी मनहरूलाई आफ्नो उद्धारमा ध्यान दिन अनुरोध गरेकी छन्। “धन कमाएर परिवारलाई खुसी बनाउने सपना बोकेर कुवेत आएकी थिएँ, अहिले ज्यान जोगाउन हम्मे परेको छ,” मल्लको पीडा छ।

nawajiwan

रोजगारीको सिलसिलामा कुवेत गएकी मल्ल बाध्यताले त्यहाँ पुगिन्, तर अहिले जीवन र मृत्युको दोधारमा बाँच्न विवश बनेकी छन्। उनले कुनै विकल्प नभएपछि सामाजिक सञ्जाललाई सहारा बनाउँदै उद्धारका लागि सबैमा अपिल गरेकी छन्।