कैलालीमा मोटरसाइकललाई स्कारपियोले ठक्कर दिँदा एक जनाको मृत्यु

Image
Nisarga Hospital

कैलालीमा मोटरसाइकललाई स्कारपियोले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

CP Hospital Dhangadhi

जिल्लाको भजनी नगरपालिका–७ चर्रा गणेशमान चोक स्थित हुलाकी सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ गईरहेको युपी–३१–एयु–७३२० नम्बरको भारतीय मोटरसाइकललाई बिपरीत दिशाबाट आईरहेको बिएबी ४५९२ नम्बरको स्कारपियो जिपले आइतवार ठक्कर दिँदा मोटरसाइकल चालक भजनी नगरपालिका–७ बस्ने २० वर्षीय कुल्दिप धोबीको मृत्यु भएको हो।

Attariya Hospital

स्कारपियोको ठक्करबाट गम्भिर घाईते भएका उनको उपचारको लागि नवजिवन अस्पताल धनगढी लगिएकोमा सोही दिन नै उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

nawajiwan

स्कारपियो र स्कारपियो चालक बाँकेको कोहलपुर नगरपालिका–२ बस्ने ४३ को शेर बहादुर बिश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।

# ट्रेण्डिङ