रामारोशन महोत्सवको तयारी: पर्यटकीय प्रवर्द्धन र आर्थिक समृद्धिको लक्ष्य

Image
Nisarga Hospital

अछामः मनमोहक प्राकृतिक सौन्दर्यले भरिएको रामारोशन क्षेत्रको प्रवर्द्धन र विकासका लागि रामारोशन महोत्सवको तयारी सुरु गरिएको छ। ‘बाह्रबण्ड अठारखण्ड’ ले परिचित यस प्रसिद्ध पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि वैशाख २५ देखि ३१ गतेसम्म महोत्सव आयोजना गरिने भएको हो।

CP Hospital Dhangadhi

महोत्सवमा स्थानीय कला, संस्कृति, कृषि प्रदर्शनी, परम्परागत खेलकुद, फोटो प्रदर्शनी र पर्यटकीय पदयात्राजस्ता विविध कार्यक्रम समावेश गरिने आयोजकले जनाएका छन्।

“प्राकृतिक सौन्दर्यले भरिपूर्ण हाम्रो रामारोशन क्षेत्रलाई देश–विदेशमा चिनाउँदै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न महोत्सव आयोजना गर्न लागिएको हो,” आयोजक समिति संयोजक जनक साउँदले बताए।

nawajiwan
Attariya Hospital

साउँदका अनुसार महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार गर्नुका साथै युवापुस्तामा पर्यटनप्रतिको आकर्षण पनि बढाउने विश्वास गरिएको छ। महोत्सवमा स्थानीय परिकार, स्वास्थ्य सुविधा र सुरक्षाका प्रबन्धहरू मिलाइएको बताइएको छ।

मुजाबगरमा आयोजना हुने महोत्सवले रामारोशन भ्रमण गर्न चाहने पर्यटकहरूका लागि सहज वातावरण तयार पार्ने आयोजकहरूको भनाइ छ। साथै, महोत्सव अवधिभर रामारोशनको विविध पक्षबारे विस्तृत जानकारी प्रदान गरिने भएकाले सहभागी हुन सबैमा आग्रह गरिएको छ।

महोत्सवबाट सङ्कलित रकम हालैको आगलागीबाट प्रभावित जयगढ र साँफेबगरका पीडितहरूलाई राहतस्वरूप सहयोग गरिने आयोजकले बताएका छन्। नेपाल पर्यटन बोर्ड, रामारोशन गाउँपालिका लगायतका स्थानीय तह र विभिन्न निकायहरूको सहकार्यमा महोत्सव सञ्चालन गरिनेछ।