
अत्तरियाः गायक तथा सर्जक दीर्घराज फुलाराको नयाँ सिर्जना ‘परेवा उडेर आइजा’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ। प्रेमभावनाले भरिपूर्ण यस गीतमा दीर्घराज फुलारा स्वयं र गीता गायक गौरी भट्टले स्वर दिएका छन्। गीतका शब्द, संगीत तथा अभिनय समेत दीर्घराज फुलाराकै रहेको छ।

गीतमा संगीत संयोजन विनोद बजुरालीले गरेका छन् भने मिक्सिङ खड्क बजुरालीको रहेको छ। सागर बजुराली र गोबिन्द पोखरेलले रेकर्डिङ गरेका यो गीत मालश्री स्टुडियोमा तयार भएको हो।
म्यूजिक भिडियोको निर्देशन भीम थापाले गरेका छन्। अमृत उपाध्यायको छायांकन तथा ड्रोन अपरेसन रहेको भिडियोको सम्पादन प्रबिन रेश्मी मगरले गरेका हुन्। भिडियोमा दीर्घराज फुलारा र अनु खड्काले अभिनय गरेका छन्। पोस्ट–प्रोडक्सनको काम खप्तड फिल्म्समार्फत सम्पन्न गरिएको छ।


भावनात्मक कथा र मन छुने संगीत संयोजनसहित सार्वजनिक गरिएको ‘परेवा उडेर आइजा’ दर्शक–श्रोताले रुचाउने विश्वास लिइएको छ। भिडियो अहिले दिर्घ फुलाराको अफिसियल यूटुबमा हेर्न सकिनेछ ।




























