सीताजयन्ती आज श्रद्धापूर्वक मनाइँदै

Image
Nisarga Hospital

आज वैशाख शुक्ल नवमीका दिन सीताजयन्ती श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। रामनवमीपछिको एक महिनामा मनाइने यस पर्वमा माता सीताप्रति पूजा, आराधना तथा श्रद्धा व्यक्त गरिन्छ।

CP Hospital Dhangadhi

पौराणिक मान्यताअनुसार त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञका क्रममा हलो जोत्दा भूमि फाटेर सीताको जन्म भएको थियो। वैदिक ग्रन्थ, रामायण तथा पुराणहरूमा सीतालाई भगवान् विष्णुको सातौँ अवतार रामकी अर्धाङ्गिनी र देवी लक्ष्मीको अवतारका रूपमा वर्णन गरिएको छ।

Attariya Hospital

धर्मशास्त्री प्राडा रामचन्द्र गौतमका अनुसार सीता सत्यवती, पतिव्रता र आदर्श नारीको प्रतीक हुन्। नेपाली सांस्कृतिक र धार्मिक चेतनामा सीतालाई राष्ट्रिय विभूति स्वरूप सम्मान गरिन्छ।

nawajiwan

सीताजयन्तीको अवसरमा जनकपुरस्थित रामजानकी मन्दिरमा विशेष पूजा, भक्तिभावका कार्यक्रम र मेला आयोजना गरिँदैछ।