क्यान्सर पीडित चन्द्र कुमारी खातीलाई २ लाख ८७ हजार सहयोग रकम हस्तान्तरण

Image
Nisarga Hospital

पुनर्वास: पुनर्वास नगरपालिका–१०, भीम बस्तीमा बस्दै आएकी क्यान्सर पीडित चन्द्र कुमारी खाती (बयाडी)लाई २ लाख ८७ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको छ।

CP Hospital Dhangadhi

स्थानिय युवा खगेन्द्र विष्टद्वारा सञ्चालन गरिएको सहयोग अभियानमार्फत संकलित उक्त रकम सामाजिक अभियन्ता लक्ष्मी वोगटी कुवरद्वारा पीडित पक्षलाई मंगलबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो।

गम्भीर रोगसँग जुधिरहेकी चन्द्र कुमारीको परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा कठिनाइ भइरहेको थियो। यो अवस्थालाई देखेर विष्टले भारतमा रहेका नेपाली समुदायसँग समन्वय गरी सहयोग संकलनको पहल गरेका थिए।

nawajiwan
Attariya Hospital

रकम हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति थियो। पीडितका श्रीमान् लाल बयाडीले सहयोगदाताप्रति आभार प्रकट गर्दै यस्तो कठिन समयमा साथ दिएकोमा धन्यवाद व्यक्त गरेका छन्।

सामाजिक अभियन्ता वोगटी कुवरले मानवीय सेवामा लागिरहन युवाहरूको योगदान सराहनीय रहेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यमा साथ रहने प्रतिबद्धता जनाइन्।