
पाकिस्तानले भारतीय हवाइ आक्रमणबाट तीन स्थानहरू प्रभावित भएको जानकारी दिएको छ। पाकिस्तानी सैन्य जनसम्पर्क शाखा — इन्टर सर्भिस पब्लिक रिलेशन्स (ISPR) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले जियो टिभीलाई दिएको जानकारी अनुसार, पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबाद, कोटली र बहावलपुर क्षेत्रहरू प्रभावित भएका हुन्।

बीबीसीका अनुसार मुजफ्फराबाद नजिकै शक्तिशाली विस्फोटको आवाज सुनिएको थियो, र उक्त घटनासँग सम्बन्धित अडियो सार्वजनिक गरिएको छ, जसमा तीव्र विस्फोटहरू स्पष्ट सुनिन्छन्।

समाचार संस्था रोयटर्सले पनि विस्फोटको पुष्टि गर्दै, प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै मुझफ्फराबाद क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको जनाएको छ।

भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तान तथा पाकिस्तान अधिनस्थ जम्मु कश्मीरमा रहेका ‘आतंकवादी शिविर’ हरूका ९ स्थानहरूलाई लक्षित गर्दै बुधबार राति एयर स्ट्राइक गरेको दाबी गरेको छ।
































