भारतको हवाई आक्रमणपछि क्षेत्रीय तनाव चुलियो, अमेरिका सहित अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया

Image
JPG converted with https://ezgif.com/avif-to-jpg
Nisarga Hospital

भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरका ९ स्थानमा हवाई आक्रमण गरेको दाबी गरेको छ। भारतीय रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पाकिस्तानका ‘आतंकवादी संरचना’ विरुद्ध लक्षित कारबाही गरिएको उल्लेख गरिएको छ।

CP Hospital Dhangadhi

तर, पाकिस्तानी सेनाको इन्टर-सर्भिस पब्लिक रिलेशन्स (ISPR) ले भने केवल तीन स्थानमा आक्रमण भएको पुष्टि गरेको छ।

Attariya Hospital

हवाई कारबाहीपछि अन्तर्राष्ट्रिय समुदायबाट विभिन्न प्रतिक्रिया आइरहेका छन्। अमेरिकी विदेशमन्त्री मार्क रुबियोले घटनालाई गम्भीरतापूर्वक लिएको जनाउँदै दक्षिण एशियाली शान्ति र स्थायित्वको पक्षमा संयम अपनाउन आग्रह गरेका छन्।

nawajiwan

दुवै आणविक शक्ति राष्ट्रबीचको पछिल्लो तनावले क्षेत्रीय सुरक्षामा असर पर्ने संकेत देखिन थालेको छ।