निःशुल्क वडास्वास्थ्य क्लिनिकबाट एक लाख २४ हजार बिरामीले लिए स्वास्थ्य सेवा

Image
Nisarga Hospital

कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको निःशुल्क विशेषज्ञ वडास्वास्थ्य क्लिनिकबाट हालसम्म एक लाख २४ हजार बिरामीले निःशुल्क स्वास्थ्य जाँच गरेका छन् ।
उपमहानगरपालिकाले २०७९ साल साउनबाट सुरु गरेको सो सेवाबाट उनीहरुले स्वास्थ्य जाँच गरेका हुन् । आव २०७९र८० सालमा ४५ हजारले सेवा लिएका तथा गत आव २०८०र८१ मा ५० हजार बिरामीले सेवा लिएको विशेषज्ञ डाक्टर सहितको निःशुल्क वडा स्वास्थ्य क्लिनिकका फोकल पर्शन कृष्ण बोहराले निशाना न्युजलाई जानकारी दिए ।

CP Hospital Dhangadhi

चालु आवको चैत मसान्तसम्म २९ हजार ३२७ जनाले सेवा लिएको उनले बताए । ‘चेकजाँच गर्न आउने बिरामीको आकर्षण बढेको छ’ उनले भने ‘वडा स्वास्थ्य क्लिनिकबाट नसर्ने रोग,गर्भवती जाँच,महिलाको पाठेघरको चेक जाँच,डाइबिटिज,क्यान्सर स्क्रिनिङ,ब्लड प्रेसरका बिरामीको चेकजाँच र उपचार गरिने गरेको छ ।’

उनले बुधबार वडा नं ३ मा स्वास्थ्य चेकजाँच भइरहेको बताए । उनले भने ‘यस वडामा अधिकतम ३ सय जनाले नियमित सेवा लिइरहेका छन । आज पनि सो रेसियोमा चेकजाँच हुन्छ ।’

nawajiwan
Attariya Hospital

आज दिउँसो १२ बजेसम्म १२७ जनाले स्वास्थ्य सेवा लिएको उनले बताए । बिहान १० बजे देखि २ बजेसम्म टिकट काटेर चेकजाँच गरिने गरेको उनको भनाइ छ । हरेक महिना प्रत्येक वडामा एक दिन क्लिनिक सञ्चालन हुने गरेको उनले बताए । वडा नं ३ चटकपुरका तेजराज भाटले आफूले निःशुल्क स्वास्थ्य चेकजाँच गराउन पाउँदा निकै खुशी भएको बताए । उनले धनगढी उपमहानगरपालिकाले गरेको यो काम निकै प्रशंसनीय रहेको बताए ।

उनले भने ‘यो धेरै राम्रो काम छ, यो सधै भइरहोस् भन्न म चाहान्छु ।’ वडा नं ३ कै नरेशबहादुर चन्दले स्वास्थ्य शिविर राम्रो र सह्रानीय भएको बताए । उनले भने ‘बाहिर अस्पताल जानु पर्ने बिरामीले यहीँ चेकजाँच गर्ने अवसर पाएका छन् । औषधी पनि निःशुल्क पाइरहेका छौँ । केही औषधी पाएका छनौँ ।त्यस्को व्यवस्थापन गर्न अनुरोध गर्दछु ।’

Advertize US