भारतको हवाई आक्रमणमा पाकिस्तानमा ३१ को मृत्यु, प्रधानमन्त्री सरिफले चेतावनी दिए: “यो गल्तीको मूल्य भारतले चुकाउनेछ”

Image
Nisarga Hospital

बुधबार बिहान पाकिस्तानमा भारतीय वायुसेनाको हवाई आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ। मृत्यु हुनेहरूमध्ये एकजना ७ वर्षीय बालक पनि रहेका छन्।

CP Hospital Dhangadhi

बुधबार अबेर राष्ट्रको नाममा सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले भारतले गम्भीर गल्ती गरेको दाबी गर्दै यसको कडा मूल्य चुकाउनु पर्ने चेतावनी दिए। उनले सीमा क्षेत्रमा लडाइँका लागि पाकिस्तान पूर्ण रूपमा तयार रहेको भन्दै दिल्लीले अस्वीकार गरे पनि पाकिस्तानले भारतीय जेट खसालेको दाबी गरे।

Attariya Hospital

सरिफले सम्पूर्ण पाकिस्तानी जनतालाई “जितका लागि उत्साहपूर्वक एकजुट हुन” आह्वानसमेत गरे। यता, बुधबार साँझ पाकिस्तानको स्वास्थ्य मन्त्रालयले विशेष विज्ञप्ति जारी गर्दै चिकित्सक, नर्सलगायत सम्पूर्ण स्वास्थ्यकर्मीलाई विदामा नजान आदेश दिएको छ। अत्यावश्यक सेवा सतर्क राख्न निर्देशन दिइएको छ।

nawajiwan