भारत–पाकिस्तान तनाव उत्कर्षमा: भारतीय सैनिकको मृत्युपछि ‘अपरेसन सिन्दूर’ अन्तर्गत ९ स्थानमा हवाई आक्रमण, ३१ को ज्यान गयो

Image
Nisarga Hospital

पाकिस्तानी सेनाको गोलाबारीमा परी भारतीय सेना फाइभ फील्ड रेजिमेन्टका लान्स नायक दिनेश कुमारको मृत्यु भएपछि भारतले पाकिस्तानविरुद्ध कडा जवाफी कारबाही गरेको छ। भारतीय सेनाले मे ७ रातिदेखि पाकिस्तानको भूमिमा “अपरेसन सिन्दूर” नाम दिइएको हवाई आक्रमण थालेको हो।

CP Hospital Dhangadhi

भारतीय सेनाको ह्वाइट नाइट कोर युनिटले एक्स (पूर्व ट्विटर) मा पोस्ट गर्दै भनेको छ, “५ फील्ड रेजिमेन्टका लान्स नायक दिनेश कुमारले पाकिस्तानी सेनाको अन्धाधुन्ध गोलीबारीका क्रममा वीरगति प्राप्त गरे।”

यसअघि कश्मीरको पहलगाम क्षेत्रमा भएको आतंकी आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएपछि भारतले यो कारबाही सुरु गरेको हो। भारतीय आक्रमणमा पाकिस्तानले ३१ जनाको मृत्यु र ५७ जना घाइते भएको जनाएको छ।

nawajiwan
Attariya Hospital

भारतले पाकिस्तान नियन्त्रित कश्मीरका ५ र पाकिस्तानको आन्तरिक भूभागका ४ गरी जम्मा ९ स्थानमा हवाई हमला गरेको पुष्टि भएको छ। यसमध्ये पाकिस्तानको बहावलपुरमा भएको कारबाहीमा आतंकी संगठन जैश ए मोहम्मदका कमाण्डर मसुद अजहरका परिवारका १० सदस्य मारिएको समेत जैशले स्वीकार गरेको छ।

सीमामा तनाव तीव्र बनेपछि दुवै पक्षबाट भारी गोलीबारी भइरहेका छन्। सशस्त्र द्वन्द्वको चपेटामा परेका सयौं स्थानीय नागरिक बंकरमा लुकेका वा सुरक्षित स्थानतर्फ पलायन गर्न बाध्य भएका छन्।

भारत–पाक संघर्षविराम सम्झौता सन् २०२१ फेब्रुअरी २५ मा नवीकरण भएको भए पनि त्यसपछिको यो सबैभन्दा ठूलो र गम्भीर सैन्य मुठभेड मानिएको छ। आक्रमणबाट घर, सवारीसाधन, धार्मिक स्थललगायतका संरचनामा ठूलो क्षति पुगेको बताइएको छ।

Advertize US