गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सभामा प्रस्तुत गर्न माग

Image
Nisarga Hospital

प्रतिनिधि सभा सदस्य तारा लामा तामाङले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई सभामा प्रस्तुत गर्न माग गरेका छन्। प्रतिनिधि सभाको बुधवारको बैठकको शून्य समयमा बोल्दै लामाले विधेयकलाई यसै सत्रको सभामा यथाशीघ्र प्रस्तुत गर्न माग गरेका हुन।

CP Hospital Dhangadhi

उनले राष्ट्रिय सभाबाट पास भएको विधेयक गत हिउँदे अधिवेशनको अन्तिम दिन र यसै सत्र वैशाख १५ गतेको सम्भावित दैनिक कार्यसूचीमा राखेको भए पनि शिक्षक आन्दोलनका कारण प्रस्तुत हुन नसकेको बताए। उनले सम्पूर्ण सुदूरपश्चिमेलिहरू र सरोकारवालाहरू सबैको भावनालाई विचार गरी विधेयकलाई सदनमा प्रस्तुत गर्न माग गरे। दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको विधेयक प्रस्तुत गर्ने र पारित गर्ने प्रतिनिधि सभाको वैशाख १५ गतेको बैठकको कार्यसूचीबाट कार्य सूचि हटाइएको थियो।

Attariya Hospital

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा दफावार छलफलपछि विधेयक प्रतिनिधि सभामा प्रस्तुत गर्ने कार्य सूचि रहेको थियो। सङ्घीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको प्रतिवेदनसहित विधेयक प्रतिनिधि सभामा वैशाख १५ गते प्रस्तुत गर्ने कार्य सूचि रहेकोमा हटाइएको हो। प्रतिनिधि सभामा विधेयक प्रस्तुत गर्ने र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस भनि प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची रहेकोमा दुबै हटाइएको हो।

nawajiwan

# ट्रेण्डिङ