
डडेल्धुराः डडेल्धुरामा अटोको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन्।

घाइते बालक आलिताल गाउँपालिका–४ कैनघाडीका ४ वर्षीय विवेक बिक रहेको प्रहरीले जनाएको छ। डोटीको बुडरबाट जोगबुढा–गाईबाँधेतर्फ जाँदै गरेको भिनपा ००१ ह ०१२६ नम्बरको अटोले आलिताल–८ स्थित गोदाम नजिक बालकलाई ठक्कर दिएको हो।

बालकको अवस्था गम्भीर रहेकाले उनलाई तत्काल उपचारका लागि जोगबुढा अस्पताल लगिएको डडेल्धुरा प्रहरीले जानकारी दिएको छ।
































