भारतमा आपतकालीन हवाइ संकट: पाकिस्तानको मिसाइल आक्रमणपछि २७ विमानस्थल बन्द

Image
Nisarga Hospital

भारत–पाकिस्तानबीच चुलिएको तनाव चरम सीमामा पुगेको छ। पाकिस्तानबाट प्रक्षेपित मिसाइल आक्रमणपछि भारत सरकारले आपतकालीन कदमस्वरूप २७ विमानस्थल तत्काल प्रभावबाट बन्द गरिदिएको छ। नागरिक उड्डयन मन्त्रालयले यो कदमलाई ‘सुरक्षाका लागि अपरिहार्य’ भन्दै उच्चस्तरीय सतर्कता जारी गरेको छ।

CP Hospital Dhangadhi

बिहीबार राति पाकिस्तानले भारततर्फ अचानक मिसाइल हमला गरेको थियो। हमलाको प्रत्यक्ष प्रभाव जम्मु विमानस्थल क्षेत्रमा परेको छ जहाँ ठूलो विस्फोटको आवाज सुनिएको पुष्टि भए पनि विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

हवाई आपतकाल लागू, सयौं उडान रद्द
सुरक्षाको कारण देखाउँदै जम्मुसहित देशभरका २७ विमानस्थलहरू १० मे बिहान साढे पाँच बजेसम्मका लागि बन्द गरिएको छ। यस निर्णयका कारण भारतको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई सेवा लगभग ठप्प भएको छ।

nawajiwan
Attariya Hospital

बन्द गरिएका प्रमुख विमानस्थलहरूमा जम्मु, श्रीनगर, अमृतसर, जोधपुर, जैसलमेर, पठानकोट, चण्डीगढ, लुधियाना, लेह, भुज, जामनगर, पोबन्दर, मुन्द्रा लगायत छन्। यी सबै क्षेत्र रणनीतिक दृष्टिले संवेदनशील मानिन्छन्।

स्पाइसजेट, एयर इन्डिया, इन्डिगो लगायतका प्रमुख एयरलाइन्सले सयौं उडानहरू रद्द गरिसकेका छन्। उनीहरूले यात्रुहरूलाई आफ्ना यात्रा योजनाहरू पुनः समीक्षा गर्न र आधिकारिक च्यानलहरूबाट अपडेट लिइरहन अनुरोध गरेका छन्।

भारतको हवाइ सुरक्षालाई यस्तो स्तरमा पुर्‍याइनु अत्यन्त दुर्लभ हो, जसले वर्तमान तनावको गम्भीरता प्रष्ट पार्दछ।