पाकिस्तानको दोस्रो दिनको आक्रमण: ड्रोन, मिसाइल र तोपगोलाले सीमावर्ती भारत जलाउँदै, ब्ल्याकआउट र युद्धको हल्ला

Image
Nisarga Hospital

भारत–पाकिस्तान तनाव चरममा पुगेको छ। पाकिस्तानले लगातार दोस्रो दिन ड्रोन र मिसाइल आक्रमण गर्दै भारतीय भूभागलाई निशाना बनाएको छ। बिहीबार जम्मू–कश्मीर, पञ्जाब र राजस्थानका ११ भन्दा बढी सहरहरू लक्षित गरी पाकिस्तानी हमला भएको पुष्टि भारतीय सञ्चारमाध्यमहरूले गरेका छन्।

CP Hospital Dhangadhi

ड्रोन आक्रमणको निशानामा संवेदनशील शहरहरू
पाकिस्तानी ड्रोनहरूले जम्मू विमानस्थल, पठानकोट एयरबेस, जैसलमेर र पोखरणमा हमला प्रयास गरेका छन्। यद्यपि भारतीय वायु रक्षा प्रणालीले अधिकांश आक्रमणहरू निस्क्रिय पारेको दाबी गरिएको छ।

लक्ष्य बनाइएका क्षेत्रहरूमा जम्मू, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर, आरएस पुरा, अरनिया, पठानकोट, जैसलमेर र पोखरण छन्। ती सबै सहरहरूमा अहिले उच्च सतर्कता जारी गरिएको छ।

nawajiwan

राजस्थान, जम्मू–कश्मीर र पञ्जाबमा पूर्ण ब्ल्याकआउट
पाकिस्तानी आक्रमणसँगै भारतले रणनीतिक कदमस्वरूप सीमावर्ती सहरहरूमा पूर्ण ब्ल्याकआउट लागू गरेको छ।

जम्मू, किस्तवाड, अखनूर, साम्बा र पठानकोटमा पूर्ण अन्धकार

Attariya Hospital

पञ्जाबको जालन्धर र अमृतसरमा बत्ती निभाइएको

राजस्थानको बीकानेर र श्रीगंगानगरमा पनि बिजुली बन्द

गोलाबारी र विस्फोटको गुञ्जन
आरएस पुरा सेक्टरमा पाकिस्तानबाट तोपगोलाको भारी वर्षा भइरहेको छ भने कुपवाडा र बारामुल्ला नजिकै नियन्त्रण रेखामा दुवै तर्फबाट जवाफी फायर जारी छ। धेरै स्थानमा विस्फोटको आवाज सुन्ने स्थानीयको भनाइ छ, जनमानसमा त्रास फैलिएको छ।

आईपीएल पनि प्रभावित, खेल रोकियो
तनावको सीधा असर खेलकुदमा पनि देखिएको छ। धर्मशालास्थित एचपीसीए मैदानमा जारी पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको आईपीएल २०२५ को खेल बीचमै रोकिएको छ।
राति १०.१ ओभरसम्म पञ्जाबले एक विकेट गुमाएर १२२ रन बनाएको थियो। त्यसपछि मैदानका सबै फ्लडलाइटहरू बन्द गर्दै खेल स्थगित गरियो।