दक्षिण एशिया बारुदको ढिस्कोमा : भारत-पाकिस्तान टकरावले आणविक युद्धको खतरा

Image
JPG converted with https://ezgif.com/avif-to-jpg
Nisarga Hospital

भारत र पाकिस्तानबीचको ऐतिहासिक दुश्मनी पुनः चरममा पुगेको छ। अप्रिल २२ मा जम्मु-कश्मीरको पहलगाममा भएको आतंककारी आक्रमण—जहाँ २६ जना मारिए, एक नेपाली नागरिक सुदीप न्यौपाने समेत—पछि भारतले पाकिस्तानमाथि ठूला सैन्य कारबाही गरेको छ। ‘अपरेशन सिन्दुर’ अन्तर्गत भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौ स्थानमा हवाई आक्रमण गर्‍यो।

CP Hospital Dhangadhi

भारतले फ्रान्सबाट आयातित रफायल विमान प्रयोग गर्दा पाकिस्तानले चीन निर्मित जे-१०सी लडाकु विमान तैनाथ गर्‍यो। दुबै देशले विदेशी प्रविधिमा भर परेका छन्—भारतले मुख्यत: रुस, फ्रान्स र इजरायलबाट हतियार ल्याउँछ; पाकिस्तान चीन, नेदरल्याण्ड्स र टर्कीमा निर्भर छ। पाकिस्तानी दाबी अनुसार, उसले रफायलसहित भारतका पाँच लडाकु विमान खसालेको छ, जसको भारतले खण्डन गरेको छ।

Attariya Hospital

ड्रोन युद्ध पनि तीव्र बन्दैछ। भारतले इजरायली हारोप ड्रोन प्रयोग गरी पाकिस्तानको एचक्यू-९ वायु रक्षा प्रणाली ध्वस्त पारेको दाबी गरेको छ। पाकिस्तानले पनि चीन निर्मित विङ लुङ–२ र सीएच–४ ड्रोनमार्फत आक्रमण गरेको बताएको छ। पछिल्लो अवस्थामा, पाकिस्तानले भारतले टर्कीमा निर्मित ड्रोन प्रयोग गरी आक्रमण गरेको आरोप लगाएको छ।

nawajiwan

भारत र पाकिस्तानसँग समान रूपमा झन्डै १८० आणविक हतियार छन्। जनशक्ति, हतियार र रक्षा बजेटमा भारत अग्रपंक्तिमा छ। यस्तो तनावपूर्ण परिस्थिति विश्वमै चासोको विषय बनेको छ, र यदि अवस्था नियन्त्रण बाहिर गयो भने दक्षिण एशिया आणविक द्वन्द्वको ढोका खोल्न सक्ने खतरा देखिएको छ।