जम्मू–कश्मीर तनावग्रस्त: तोप र विस्फोटका गडगडाहटबीच ‘ब्ल्याकआउट’, मुख्यमन्त्रीको अपिल — घरभित्रै बस्नुस्!

Image
Nisarga Hospital

भारतको जम्मू–कश्मीर क्षेत्र शुक्रबार साँझदेखि पुनः तनावग्रस्त बनेको छ। श्रीनगरमा रहेका बीबीसीका संवाददाता माजिद जहाँगीरका अनुसार कुपवाडा, करनाह, तंगधार, उरी र पुंछ क्षेत्रमा स्थानीय समय अनुसार साँझ ७:२० बजेदेखि भीषण गोलाबारी सुरु भएको हो।

CP Hospital Dhangadhi

एएनआई न्यूज एजेन्सीले उत्तरी क्षेत्रमा गोली र विस्फोटका आवाजहरू गुञ्जिएको पुष्टि गरेको छ। पठानकोटमा समेत शक्तिशाली विस्फोट सुन्निएको रिपोर्ट आएको छ।

यहीबीच, जम्मू–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले जम्मू क्षेत्रमा ‘ब्ल्याकआउट’ भएको जानकारी दिएका छन्। उनले ‘एक्स’मा लेख्दै भनेका छन्:

nawajiwan
Attariya Hospital

“जहाँ म छु, त्यहाँ छिनछिनमा ठूलो विस्फोटको आवाज आइरहेको छ, सम्भवतः यो तोपको आवाज हो। जम्मू र आसपासका सबै नागरिकलाई मेरो विनम्र आग्रह छ—कृपया सडकमा ननिस्कनुहोस्। सुरक्षित रूपमा घरमै बस्नुस् वा केही घण्टासम्म टाढा रहन मिल्ने सुरक्षित स्थानमा रहनुहोस्।”

सुरक्षाकर्मीहरू उच्च सतर्कतामा छन् भने स्थानीयवासीबीच त्रासको वातावरण बढ्दो छ।

Advertize US