भारत–पाक तनाव चुलियो: ३२ विमानस्थलमा उडान बन्द, देशको आकाश संकटकालीन मोडमा!

Image
Nisarga Hospital

भारत–पाकिस्तानबीच चर्किंदो तनावको असर भारतको आन्तरिक उडानमा देखिन थालेको छ। भारतको नागरिक उड्डयन महानिदेशालय (DGCA) ले उत्तर र पश्चिम भारतका ३२ वटा प्रमुख विमानस्थलहरूबाट हुने सबै नागरिक उडानहरू तत्कालका लागि प्रतिबन्धित गरेको छ।

CP Hospital Dhangadhi

सरकारी निर्देशन अनुसार यो प्रतिबन्ध १५ मे बिहान ५:२९ बजेसम्म लागू हुनेछ।

उडान बन्द गरिएका विमानस्थलहरूमा यस्ता संवेदनशील क्षेत्र पर्छन्:
उधमपुर, अम्बाला, अमृतसर, अवन्तीपुरा, बठिण्डा, भुज, बिकानेर, चण्डीगढ, हलवारा, हिंडन, जैसलमेर, जम्मू, जामनगर, जोधपुर, काण्डला, काँगडा (गग्गल), केशोद, किशनगढ, कुल्लू मनाली (भुन्तर), लेह, लुधियाना, मुन्द्रा, नालिया, पठानकोट, पटियाला, पोरबन्दर, राजकोट (हीरासर), सरसावा, शिमला, श्रीनगर, थोईस र उत्तरलाई।

nawajiwan
Attariya Hospital

एयर इण्डियाले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिँदै जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, चण्डीगढ़, भुज, जामनगर र राजकोटका लागि हुने सबै उडानहरू १५ मे बिहान ५:२९ बजेसम्मका लागि स्थगित गरिएका बताएको छ।

स्थिति अझ चर्कने संकेत देखिँदा सुरक्षाकर्मीहरू उच्च तयारीमा छन् भने यात्रुहरूलाई सतर्क रहन र आधिकारिक सूचना कुर्न अनुरोध गरिएको छ।

Advertize US