भारतिय सीमामा बारुदको वर्षा: पाकिस्तानले भारतविरुद्ध ‘बुनयान-उल-मरसूस’ अपरेशन थालेपछि तनाव चरम

Image
Nisarga Hospital

भारतले सुरु गरेको ‘अपरेशन सिन्दूर’को प्रतिकारस्वरूप पाकिस्तानले औपचारिक रूपमा ‘बुनयान-उल-मरसूस’ नामक सैन्य अपरेशन सुरु गरेको घोषणा गरेको छ। पाकिस्तानी सेनाको मिडिया शाखा आईएसपीआरले भारतको आक्रमणपछि यो जवाफी कारबाही गरिएको जनाएको हो।

CP Hospital Dhangadhi

अलजजिराले जनाएअनुसार पाकिस्तानले भारतको उधमपुर वायुसेना बेस, पठानकोट एयरफिल्ड र पञ्जाबको ब्यासस्थित ब्रह्मोस मिसाइल डिपोमा आक्रमण गरेको दाबी गरेको छ। पाकिस्तानका अनुसार भारतले पनि रावलपिन्डीको नूर खान एयरबेस, चकवालको मुरीद बेस र झांगको रफीकी बेसमा मिसाइल प्रहार गरेको छ।

पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरीफका अनुसार भारतका केही मिसाइलहरू अफगानिस्तानमा समेत पुगेका छन्, यद्यपि उनले यसबारे तत्काल प्रमाण सार्वजनिक गरेका छैनन्।

nawajiwan
Attariya Hospital

त्यस्तै भारतको रक्षा मन्त्रालयले बारामुलादेखि गुजरातको भुजसम्म २६ स्थानमा शंकास्पद सशस्त्र ड्रोन देखिएको जनाएको छ। फिरोजपुरमा ड्रोन आक्रमणबाट स्थानीय बासिन्दा गम्भीर घाइते भएका छन्। ती घाइतेहरूलाई अस्पतालमा उपचार भइरहेको छ भने सुरक्षाकर्मीहरूले अनुसन्धान थालेका छन्।

भारतले सीमावर्ती क्षेत्रमा नागरिकलाई घरमै बस्न, सतर्क रहन र सुरक्षा निर्देशन पालना गर्न अनुरोध गरेको छ। भारतीय सशस्त्र बल उच्च सतर्कतामा रहँदै सबै हवाई खतरा काउन्टर-ड्रोन प्रणालीमार्फत नियन्त्रणमा राख्ने तयारीमा रहेको बताइएको छ।