भारत–पाकिस्तानबीच सैन्य तनाव उत्कर्षमा: दुवै देशले आकाश मार्ग बन्द गरे, ३२ विमानस्थल ठप्प

Image
Nisarga Hospital

नयाँ दिल्ली/इस्लामाबाद ः  भारत र पाकिस्तानबीचको चुलिँदो सैन्य तनावले हवाई यातायातमा गम्भीर प्रभाव पार्दै गएको छ। दुवै देशले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेका छन् भने दर्जनौं विमानस्थलहरू संचालनबाहिर छन्।

CP Hospital Dhangadhi

पाकिस्तानी सञ्चार माध्यमका अनुसार, मंगलबार स्थानीय समयअनुसार राति करिब ३:१५ बजे पाकिस्तानका तीनवटा हवाई बेसमा भारतीय वायुसेनाले आक्रमण गरेको दाबी पाकिस्तानी सेनाले सार्वजनिक गरेपछि स्थिति झनै तनावग्रस्त भएको हो। त्यसलगत्तै पाकिस्तानको विमानस्थल प्राधिकरणले बिहान १२ बजेसम्मका लागि आफ्नो सम्पूर्ण हवाई क्षेत्र बन्द गर्ने निर्णय लिएको हो।

Attariya Hospital

त्यहीबीच, भारतले पनि उत्तरी र पश्चिमी क्षेत्रका ३२ विमानस्थलहरू १५ मे बिहानसम्मका लागि बन्द गर्ने घोषणा गरेको छ। दुवै मुलुकको निर्णयले अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई यातायात पूर्ण रूपमा प्रभावित भएको छ।

nawajiwan

सैन्य तनावको कारण क्षेत्रीय सुरक्षामा गम्भीर चिन्ता बढेको छ भने कूटनीतिक समाधानको आवश्यकता तीव्र रूपमा महशुस गरिएको छ।