घोषणाको केही घण्टामै भंग : भारत–पाकिस्तानबीच युद्धविराम उल्लंघनको आरोप–प्रत्यारोप

Image
Nisarga Hospital

भारत र पाकिस्तानबीच केही दिनअघि सैन्य आक्रमणपछि भएको युद्धविराम सहमति शनिबार सार्वजनिक गरिए पनि त्यसको केही घण्टामै उल्लंघन भएको दुवै पक्षले एक–अर्कामाथि आरोप लगाएका छन्।

CP Hospital Dhangadhi

भारत–प्रशासित कश्मीरमा विस्फोटको आवाज सुनिएपछि भारतीय परराष्ट्र सचिव विक्रम मिस्रीले युद्धविरामको बारम्बार उल्लंघन भएको आरोप लगाए। उनले पत्रकार सम्मेलनमार्फत भारतीय सुरक्षाबलले ‘उपयुक्त जवाफ दिइरहेका’ बताएका छन् र पाकिस्तानलाई उल्लंघन रोकी वार्ता र संयमता कायम राख्न आह्वान गरेका छन्।

पाकिस्तानको विदेश मन्त्रालयले भने भारतले केही क्षेत्रमा उल्लंघन गरे पनि पाकिस्तान भने निष्ठापूर्वक सम्झौता कार्यान्वयनमा प्रतिबद्ध रहेको प्रतिक्रिया दिएको छ।

nawajiwan

गत चार दिनयता भएको भिडन्त दशकौँकै सबैभन्दा गम्भीर सैन्य संघर्षको रूपमा चित्रण गरिएको छ, जसमा ड्रोन, तोप र क्षेप्यास्त्र प्रयोग गरिएको जनाइएको छ। भारतले यो कारबाही पहलगाममा भएको घातक उग्रवादी आक्रमणको जवाफस्वरूप भएको बताएको छ, तर पाकिस्तानले आफू संलग्न नरहेको दाबी गर्दै आएको छ।

Attariya Hospital

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो युद्धविराम सम्झौता अमेरिकी मध्यस्थतामा सम्भव भएको बताएका थिए, जुन पाकिस्तानका विदेशमन्त्रीले पनि पुष्टि गरेका छन्।

यद्यपि, युद्धविराम घोषणा भएको केही घण्टामै श्रीनगर र जम्मु सहरमा स्थानीय बासिन्दा र पत्रकारहरूले आकासमा चमक देखिएको र विस्फोटको आवाज सुनिएको बताएका छन्।

स्थिति पुनः तनावपूर्ण बन्दै गइरहेको छ।

Advertize US