सुक्खा बन्दरगाह निर्माणस्थलको वनबाट १०९ रूख चोरी, सामुदायिक वनको लापरबाही खुल्यो

Image
Nisarga Hospital

सुक्खा बन्दरगाह निर्माण हुने भनिएको दोधारा चाँदनी नगरपालिका–१ स्थित गौरीशंकर सामुदायिक वनमा रूख कटान सुरु हुनुअघि नै एक सयभन्दा बढी रूख चोरी भएको खुलासा भएको छ।

CP Hospital Dhangadhi

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका अनुसार सुक्खा बन्दरगाह निर्माणस्थलका लागि छपान (टाँचा) गरिएको १ सय ९ वटा रूख चोरीतस्करी भएको पाइएको हो। तीमध्ये अधिकांश पोल साइजका र केही ठूला रूख रहेका छन्। “काटनका लागि छपान गरिएका रूखहरू नै चोरी भएको पाइयो,” निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताए।

निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कटानको अनुमति दिनुअघि उक्त वनमा १ हजार ७ सय २ वटा रूख छपान गरिएको थियो। कात्तिक महिनामा वाग्ले नेतृत्वको टोलीले सबै रूखको गणना गरी प्रतिवेदन बुझाएपछि कटान प्रक्रिया अघि बढाइएको थियो। तर, कटान प्रक्रिया सुरु हुनुअघि नै रूख चोरी भएपछि निकुञ्जले सामुदायिक वनका पदाधिकारीहरूलाई स्पष्टीकरण मागेको थियो।

nawajiwan
Attariya Hospital

सामुदायिक वनका अध्यक्ष दामोदरप्रसाद भट्टले चोरीतस्करी सीमा क्षेत्र नजिकै भएकाले भएको र मसानघाट नजिक रहेकाले अन्तिम संस्कारका लागि समेत रूख काटिएको बताएका छन्। साथै, हात्ती र बाघजस्ता वन्यजन्तु आउने भएकाले राति गस्ती गर्न नसकिएको र बर्खाको समयमा खोलाले पनि केही रूख बगाएको दाबी गरेका छन्।

हाल कटानको काम निकुञ्जकै कर्मचारीको रोहबरमा भइरहेको छ। कटान गरिएको काठ निकुञ्जकै पिपरियामा संकलन गरिँदैछ। हालै चोरीतस्करीमा संलग्न भएको आरोपमा दोधारा चाँदनीकै दुई जनालाई ३२ क्युबिक फिट काठसहित पक्राउ गरिएको छ। उनीहरूले उक्त काठ गौरीशंकर सामुदायिक वनबाट चोरी गरेको बयान दिएका छन्। एक महिनाअघि पनि यस्तै घटनामा एक व्यक्ति पक्राउ परेका थिए।

Advertize US