त्रिनगर र गड्डाचौकी नाकामा नेपाली यात्रुहरूमाथि भारतीय सुरक्षाकर्मीको दुव्र्यवहार, चेकजाँचको नाममा लुटपाट

Image
Nisarga Hospital

भारतसँग सीमाना जोडिएका सुदूरपश्चिमका प्रमुख नाका त्रिनगर भन्सार (कैलाली) र गड्डा चौकी (कञ्चनपुर) हुँदै आउने नेपाली नागरिकहरूले सीमा पार गर्न चेकजाँचका क्रममा भारतीय सुरक्षाकर्मीहरूबाट दुव्र्यवहार र लुटपाटको गुनासो गरेका छन्।

CP Hospital Dhangadhi

भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावका कारण भारतमा काम गरिरहेका थुप्रै नेपालीहरू स्वदेश फर्किरहेका छन्। तर, सीमामा उनीहरूले अनावश्यक रूपमा दुःख पाइरहेका छन्। चेकजाँचको बहानामा भारतीय सुरक्षाकर्मीहरूले पैसा असुल्ने गरेको पीडितहरूको भनाइ छ।

Attariya Hospital

भारतबाट नेपाल फर्किएका कैलालीका अर्जुनबहादुर पार्कीका अनुसार त्रिनगर नाकामा परिचयपत्र देखाउँदा पनि भारतीय प्रहरीले खल्तीबाट जबरजस्ती एक हजार रुपैयाँ लिएको छ। यस्ता व्यवहारले सीमावर्ती क्षेत्रमा आवतजावत गर्ने नेपालीहरूलाई अपमान र मानसिक तनावमा पारिरहेको छ।

nawajiwan
Advertize US