दुई देशको युद्धविराम भए पनि भारतको ‘अपरेसन सिन्दूर’ अझै रोकिएन: युद्धविरामको भोलिपल्टै कडा कारबाहीको संकेत

Image
Nisarga Hospital

भारतीय वायु सेना (आईएएफ) ले पाकिस्तानविरुद्धको ‘अपरेसन सिन्दूर’ जारी रहेको स्पष्ट पारेको छ। भारत–पाकिस्तानबीच युद्धविराम सहमति भएको भोलिपल्ट आइतबार (मे ११) जारी सूचनामार्फत आईएएफले सैन्य कारबाही अझै रोकिएको छैन भन्ने पुष्टि गरेको हो।

CP Hospital Dhangadhi

शनिबार साँझ मात्रै दुबै देशबीच एकअर्काविरुद्ध आक्रामक कारबाही नगर्ने सहमति भएको थियो। तर, भारतीय पक्षको सूचनाले युद्धविरामको विश्वसनीयतामै प्रश्न उठाएको छ।

आईएएफद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “भारतीय वायु सेनाले अपरेसन सिन्दूर अन्तर्गत तोकिएका कार्यहरू सटिक र व्यावसायिक ढंगले सफलतापूर्वक सम्पन्न गरेको छ। यी कार्यहरू राष्ट्रिय उद्देश्यअनुसार सोचविचार र विवेकपूर्वक गरिएको हो। अपरेसन अझै जारी रहेको हुँदा विस्तृत जानकारी उचित समयमा दिइनेछ। अनुमान र अप्रमाणित जानकारीको प्रसारबाट टाढा रहन सबैमा अपिल गरिन्छ।”

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

जम्मु–कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी हमलामा २६ जनाको ज्यान गएको घटनापछि भारतले पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ प्रारम्भ गरेको थियो। त्यसको प्रतिकारमा पाकिस्तानले पनि ‘अपरेसन बुन्यान-अन-मार्सुस’ घोषणा गरेको थियो।

युद्धविराम घोषणा भए पनि विभिन्न अन्तर्राष्ट्रिय विश्लेषकहरूले यसबारे गम्भीर शंका व्यक्त गरिरहेका छन्। अमेरिकी पहलमा भएको यो सम्झौता व्यवहारमा कति टिकाउ हुन्छ भन्ने विषय अझै अनिश्चित छ।

Dhnagadhi & Krishanapur