
डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउलेमा रिफ्रेस सेन्टर स्थापना गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिक सवारी चालक, सहचालक तथा यात्रुहरूका लागि रिफ्रेस सेन्टर स्थापना गरिएको हो।

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ रिफ्रेस सेन्टर स्थापना गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

मादक पदार्थ, लागु औषध लगायतका कुलत सेवनगरी सवारी चलाउने चालक, ट्राफिक नियम उलङ्घन गर्ने यात्रुलाई सम्झाउनका लागि सो सेन्टर निर्माण गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी सुगन्ध श्रेष्ठले सवारी दुर्घटना न्यूनीकरणका लागि रिफ्रेस सेन्टर राखिएको जानकारी दिए।




















