गेटा अस्पतालमा ठूलो संख्यामा चिकित्सक माग, आठ विधाका विशेषज्ञका लागि अवसर

Image
Nisarga Hospital

कैलालीस्थित गेटा अस्पतालले विभिन्न विशेषज्ञ चिकित्सकका लागि दरखास्त आह्वान गरेको छ। अस्पतालले एक सूचना प्रकाशित गर्दै आठ विधाका विशेषज्ञसहित ६ जना अधिकृत पदका लागि योग्य उम्मेदवार खोजिरहेको जनाएको हो।

CP Hospital Dhangadhi

सूचना अनुसार, अस्पतालले जनरल फिजिसियन, बालरोग विशेषज्ञ, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, एनेस्थेसियालोजिष्ट, इमर्जेन्सी मेडिसिन विशेषज्ञ, डेन्टल सर्जन, अर्थोपेडिक सर्जन तथा अधिकृत पदमा नियुक्तिका लागि दरखास्त माग गरेको छ।

अस्पतालले विज्ञ चिकित्सकहरूको अभावका कारण सेवा प्रभावकारी बनाउन जनशक्ति आवश्यक परेको जनाएको छ। दरखास्तको म्याद, योग्यता, अनुभव र अन्य प्रक्रिया सम्बन्धी विस्तृत जानकारी अस्पतालको सूचना तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने उल्लेख गरिएको छ।

nawajiwan
Attariya Hospital

स्थानीय तहमा स्वास्थ्य सेवा सुदृढ गर्ने लक्ष्यसहित अस्पतालले नयाँ विज्ञहरूलाई अवसर दिने तयारी गरेको हो। इच्छुक उम्मेदवारलाई समयमै आवेदन दिन गेटा अस्पतालले आग्रह गरेको छ।

Advertize US