अत्तरीयामा मोटरसाइकल ठक्करले गम्भीर घाइते भएकी बैतडीकी युवतीको उपचारका क्रममा मृत्यु

Image
Nisarga Hospital

कैलालीको अत्तरीयामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी बैतडीकी ३० वर्षीया हरु साउँदको उपचारका क्रममा मृत्यु भएको छ।

CP Hospital Dhangadhi

शिवनाथ गाउँपालिका–४, कुङेफाँटा घर भएकी साउँदलाई वैशाख २३ गते अत्तरीयामा मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकी साउँदको उपचारको क्रममा धनगढीस्थित मायामेट्रो अस्पतालमा निधन भएको स्थानीय दशरथ चाडले जानकारी दिए।

Attariya Hospital

साउँद आफ्ना बालबच्चालाई पढाउनका लागि सोही दिन अत्तरीया गएकी थिइन्। साँझतिर मोटरसाइकलले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएकी थिइन्। उनका दुई छोरा छन् भने श्रीमान हिक्मत साउँद रोजगारीको सिलसिलामा साउदी अरबमा छन्। उनी आइतबार मात्र नेपाल फर्किएको चाडले बताए।

nawajiwan

ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएको छ। साउँदको असामयिक निधनले परिवार शोकमा डुबेको छ भने बालबच्चाको भविष्यप्रति अन्योलता बढेको छ।

Advertize US