
रमेश सिंह/ बझाङः बझाङ जिल्ला को सुनकुडा क्याम्पसको दुई कोठे पक्की भवन निर्माणमा ठुलो लार्पबाहिक देखिएको छ।सुनकुडा क्याम्पस चिर सुनकुडाले भवन निर्माणको लागि भनेर निर्माण समय तालिका विनाको अनुमानित ५३ लाख बराबरको प्रस्तावित प्रपोजल UGC मा पेश गरेको थियो। विश्वविद्यालय अनुदान आयोग (UGC) ले उक्त प्रपोजलमाथि अध्ययन गरि दुई कोठे पक्की भवन निर्माणको लागि ५० लाख अनुदान रकम दिने निर्णय गर्यो।

क्याम्पसले इ-बिडिङ्गको बोलपत्र आव्हान गर्दा ५० लाखको सबैभन्दा कम दर रेटमा ठेक्का लगाउनुपर्ने थियो तर क्याम्पस प्रशासन र क्याम्पस सञ्चालक समितिले प्रपोजलमा अनुमानित प्रस्ताव अनुसार ३ लाख रकम थप गरि जम्मा ५३ लाखमा सार्वजनिक खरिद ऐन अनुसारका डकुमेन्टहरु पूरा नगरि (२०७९/८० को कर चुक्ता डकुमेन्ट भए पनि ठेक्का को लागि पुरा हुन्छ तर क्यामपस संन्चालक समितिले माग्यो २०८०/८१ को) कर चुक्ता र उक्त ठेक्काआफू खुशी उक्त कार्य मिलेमतो वा गलत मनसायले गरिएको देखिएकाले UGcले आफूले पहिलो किस्ता वाफत दिएको २५ लाख रकम सुनकुडा क्याम्पसलाई औपचारिक पत्र काटी विश्वविद्यालय अनुदान आयोग (UGC) ले फिर्ता मागेको छ।

यो कार्य हुनु भनेको नै सुनकुडा क्याम्पसको आगामी दिनमा सुनकुडा क्याम्पस कालोसूचीमा पर्नु हो। यदि यो रकम फिर्ता गएको खण्डमा यसको जवाफदेहिता र भवन निर्माणको रकमको जिम्मा क्याम्पस प्रमुख वा संन्चालक समितिले पर्ने देखिन्छ वा यसरी गलत मनसाय राखेर कामकाज गर्ने/गराउने व्यक्तिहरुलाई के कस्तो द्ण्ड जरिवाना हुन्छ ।आफु खुसि तिन लाख थप गर्ने क्यामपस संन्चालन वा क्यामपस प्रमुखले यसको जिम्मेवारी लिनुपर्छ कि पर्दैन यस बिषयमा बुझ्न आबश्यक देखिन्छ। शैक्षिक जस्तो संस्था लाई आएको बजेट को पनि दुरुपयोग गरेर कालो सुचिमा पर्न समेत बनाउने मुख्य दोषी लाई के कस्तो सजायँ होला यो त सार्वजनिक खरिद ऐन ३०६३र नियमावली २०६४बाट प्रष्ट देखिन्छ ।

































