सर्वोच्च अदालतको आदेशपछि सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा नवौं तहको परीक्षा स्थगित

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवाको अधिकृत नवौं तहको परीक्षा हाललाई स्थगित गरेको छ। सर्वोच्च अदालतबाट वैशाख २२ गते जारी भएको अल्पकालीन अन्तरिम आदेशपछि आयोगले परीक्षा प्रक्रिया रोक्ने निर्णय लिएको हो।

CP Hospital Dhangadhi

आयोगले फागुन २० गते अप्राविधिक तथा प्राविधिक पदहरूमा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन तथा कार्य क्षमताको आधारमा हुने बढुवाका लागि पदपूर्तिको विज्ञापन प्रकाशित गरेको थियो। प्राविधिकतर्फ ३० पदमा ३५ जना र ४९ पदमा ५० जनाको लागि आन्तरिक प्रतिस्पर्धात्मक परीक्षा प्रस्ताव गरिएको थियो।

Attariya Hospital

तर, कृषि तथा वन सेवा समूहका कर्मचारीहरूले समूहभित्र आन्तरिक प्रतिस्पर्धाको अवसर नपाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सोही सन्दर्भमा अदालतले प्रदेश लोकसेवा आयोगलाई अर्को आदेश नभएसम्म परीक्षा स्थगित गर्न अन्तरिम आदेश दिएको हो।

nawajiwan

आयोगकी शाखा अधिकृत मिना जोशीका अनुसार आदेश प्राप्त भएसँगै अघिल्लो सूचनाअनुसारका परीक्षा कार्यहरू तत्कालका लागि अगाडि नबढाइने निर्णय गरिएको छ।

Advertize US