कञ्चनपुरमा रानाद्वयको रहस्यमय मृत्यु: प्रहरी अनुसन्धान शून्यमै, सीआईबी पनि खटियो

Image
Nisarga Hospital

कञ्चनपुर जिल्लामा हालै घटेका दुई शंकास्पद घटनाले स्थानीयवासीलाई त्रासमा पार्दै प्रहरीको शान्ति सुरक्षा एवं अनुसन्धानप्रति समेत प्रश्न खडा गरेको छ। बैशाख ९ गते बेलौरी नगरपालिका–१० मा एक व्यक्ति मोटरसाइकलसहित जलेको अवस्थामा फेला परेका थिए भने केही दिनपछि बैशाख १७ गतेको बिहान लालझाडी गाउँपालिका–४ सिकलपट्टीजाई शिविर नजिक अर्को पुरुष मृत अवस्थामा भेटिएका थिए।

CP Hospital Dhangadhi

हरिकिशन राना रहस्यमय मृत्यु प्रकरण

बेलडाँडी गाउँपालिका–३ कमरीका ५० वर्षीय भैंसीपालक किसान हरिकिशन राना बैशाख ९ गते बेलौरी नगरपालिका–१० स्थित कलकत्ता क्षेत्रको निर्मल शारदा आर्यघाट नजिक मोटरसाइकलसहित पूर्ण रूपमा जलेको अवस्थामा फेला परेका थिए। उनी बिहानै घरबाट मोटरसाइकल लिएर बाहिर निस्किएका थिए। मृतक रानाका आफन्त तथा स्थानीयवासीले उनको हातखुट्टा बाँधेर हत्या गरी प्रमाण नष्ट गर्ने नियतले मोटरसाइकलमा आगो लगाइएको हुनसक्ने आशंका गरेका छन्। प्रारम्भिक अनुसन्धानले पनि आगो लगाएर प्रमाण मेटाउने उद्देश्य देखिएको प्रहरी स्रोतको भनाइ छ।

nawajiwan

घटनापछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहराले केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीसहित सुदूरपश्चिम प्रदेश प्रहरी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी एवं स्थानीय प्रहरी टोली अनुसन्धानमा खटिएको बताएका छन्। उनले घटनाको म्यानुअल र टेक्निकल दुबै कोणबाट अनुसन्धान जारी रहेको बताए। उसो त धनगढीबाट तालिम प्राप्त कुकुरसमेत घटनास्थलमा लगेर खोजी गरिएको थियो। तर, हालसम्म पनि कुनै ठोस प्रमाण वा दोषी पत्ता लागेको छैन। घटनापछि संघीय सांसद तारा लामा तामाङलगायत स्थानीय जनप्रतिनिधिहरू घटनास्थलमा पुगेका थिए। सांसद तामाङले बैशाख १४ गतेको प्रतिनिधिसभाको बैठकमा रानाको मृत्युबारे गम्भीर प्रश्न उठाउँदै सरकारलाई सूक्ष्म र निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका थिए।

राम रेसर राना मृत्यु प्रकरण

Attariya Hospital

त्यसैबीच, कञ्चनपुरकै लालझाडी गाउँपालिका–४ सिकलपट्टीजाई शिविर नजिक मोटरघाट सडकछेउमा ३५ वर्षीय स्थानीय बासिन्दा राम रेसर राना बैशाख १७ गते मृत भेटिएका थिए। राना घरबाट साइकल लिएर निस्किएको एक दिनपछि उनी मृत अवस्थामा भेटिएका हुन्। उनको निधारमा चोट देखिएको र माथिल्लो शरीरमा कपडा नदेखिएको अवस्था रहस्यमय मानिएको छ। परिवारले कसैले कुटपिट वा हत्या गरेको हुनसक्ने आशंका गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ। तथापि यो केसमा पनि प्रहरी अझै अलमल नै देखिन्छ।

प्रहरी स्रोतका अनुसार राम रानाको शरीरमा कुनै चोटपटकको प्रष्ट कारण हालसम्म खुलेको छैन। स्थानीयहरू भने अचानक मृत्यु र घटनाको ढाँचाले हत्या भएको आशंका गरिरहेका छन्। दुबै घटनाले कञ्चनपुरमा सुरक्षा चुनौती र प्रहरीको अनुसन्धान क्षमताप्रति गम्भीर प्रश्न उठाएका छन्। रानाथारू समुदायका अगुवाहरूले समेत गृह मन्त्रालय समक्ष ज्ञापनपत्र बुझाउँदै निष्पक्ष छानबिन र दोषीको पहिचान गरी कारबाहीको माग गरेका छन्। मृतक हरिकिशन राना दुग्ध व्यवसायमा समेत सक्रिय थिए भने राम रेसर राना पनि सामान्य परिवारका स्थानीय थिए।

प्रहरी अनुसन्धानको बाटो कता ?

प्रहरी स्रोतका अनुसार विभिन्न तहका टोली घटनाबारे अनुसन्धानमा जुटिरहेका छन्, तथापि प्राविधिक अनुसन्धानसमेत गर्नुपर्दा तथ्यगत अस्पष्टताले अनुसन्धानमा ढिलाइ भइरहेको देखिन्छ। प्रहरीले विभिन्न कोणबाट अनुसन्धान भइरहेको जनाएको छ। तर, आम नागरिकले प्रहरी अनुसन्धानमा ढिलासुस्ती भएको भन्दै आलोचना गरिरहेका छन्। यद्यपि प्रहरीले भने दर्जनौं मान्छेलाई सोधपुछ गर्दै अनुसन्धान गरिरहेको जनाएको छ। त्यसका अलावा प्रहरीले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान थालेको छ।

कञ्चनपुरमा निरन्तर यस्ता घटना घट्नाले सुरक्षा संयन्त्रप्रति गम्भीर प्रश्न खडा गरेको छ। प्रहरी प्रशासनले प्रभावकारी अनुसन्धान गरी स्थानीय जनताको विश्वास जित्न सक्नुपर्ने चुनौती देखिन्छ।