गोदावरी नगरपालिकाद्वारा अत्तरिया बजारका सडक नालीहरु सरसफाई गरिदै

Image
Nisarga Hospital

अत्तरियाः गोदावरी नगरपालिका अन्तर्गत अत्तरिया बजारका सम्पूर्ण सडक नालीहरूमा सरसफाइ अभियान तीव्र रुपमा अगाढी बढाएको छ। आउदै गरेको वर्षायामलाई लक्षित गर्दै गोदावरी नगरपालिकाले सोमबार बिहानैदेखि डोजर, टिप्पर र अन्य उपकरण प्रयोग गरी बजार क्षेत्रका नाली सफा गर्न थालेको हो।

CP Hospital Dhangadhi

नालीहरूमा प्लास्टिकजन्य फोहोर, लेदो, ढुंगा, इँटा आदि थुप्रिएर साना वर्षामा पनि पानी सडकमा जम्ने समस्या देखिएपछि, समस्या समाधानको प्रयासस्वरूप नगरपालिकाले व्यापक सरसफाइ कार्य अघि बढाएको हो। नगरप्रमुख बिरेन्द्र भट्ट सहित अन्य कर्मचारी तथा जन प्रतिनिधिहरु सरसफाई अभियानमा जुटेका छन ।

nawajiwan
oplus_0

फोहोर व्यवस्थापन शाखाका इन्चार्ज प्रमल महराले जनाए अनुसार, नियमित फोहोर संकलनका लागि बिहान र बेलुकाको समयमा ट्याक्टर परिचालन गरिए तापनि, केही पसलधनीहरूले फोहोर नाली छेउमा राख्ने, वा सडकमै फाल्ने प्रवृत्तिका कारण समस्या झन् बढेको हो। यस्तो लापरवाहीका कारण नालीहरू जाम भई दुर्गन्ध फैलिने अवस्था सिर्जना भएको हो।

oplus_0

नगर प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष गोपाल दत्त भट्टले जनचेतनाको कमीलाई समस्या बढाउने मुख्य कारणका रूपमा औंल्याउँदै भने, “पसल सञ्चालकहरूले फोहोर व्यवस्थित रूपमा ट्याक्टरमा दिनुको सट्टा सडक छेउ र नालीमै फाल्ने गरेका छन्। अब यस्तो प्रवृत्तिलाई अन्त्य गर्न सघन जनचेतना अभियान आवश्यक छ।”

Attariya Hospital
oplus_0

गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टका अनुसार, ” अत्तरिया चोकदेखि दक्षिण पर्ने ६ लेन सडकखण्डलाई हस्तान्तरण अघि नै सडकका नालीहरु पुरिएका, फर्माहरु नखोलिनुले बर्षातको समयमा सडक नाली जाम हुने गरेको बताइएका छन ।

oplus_0

ती सडक नालीहरू सफा गरिनु अत्यावश्यक थियो जुन हामीले गरिरहेका छौ, गोदावरी नगरपालिकाले सडक नाली सरसफाइसँगै नालीको ढकनको पुनर्निर्माण कार्य पनि अघि बढाइरहेको बताएका छन । आगामी दिनमा सम्पूर्ण व्यवसायी तथा  स्थानीयवासीहरूलाई फोहोर जथाभावी नगर्न र नगरपालिकाको गाडीलाई सोही अनुसार फोहोर बुझाउन विशेष अनुरोध गरिएको छ।

oplus_0
oplus_0

Advertize US