आणविक ब्लाकमेल सह्य नहुने : मोदीको पाकिस्तानलाई दिए कडा चेतावनी

Image
Nisarga Hospital

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै पाकिस्तानलाई कडा सन्देश दिएका छन्। उनले कुनै पनि किसिमको आणविक ब्लाकमेल सह्य नहुने स्पष्ट रूपमा बताएका छन्।

CP Hospital Dhangadhi

प्रधानमन्त्री मोदीले “पानी र रगत एकसाथ नबग्ने” भन्दै, आणविक हतियारको ओझेलमा आतंकवादलाई सहन नसकिने चेतावनी दिए। पाकिस्तान–अधिनस्थ कश्मीर र आतंकवादबाहेक अन्य कुनै विषयमा वार्ता नहुने उनको अडान छ।

उनले भारतका दिदीबहिनीहरूको सिन्दुर उजाड्ने आतङ्ककारीहरूलाई लक्षित गर्दै भारतले आतंकका मुख्यालयहरू ध्वस्त पारेको बताए। भारतीय आक्रमणमा १०० भन्दा बढी घातक आतङ्ककारी मारिएको उनको दाबी छ।

nawajiwan
Attariya Hospital

पाकिस्तानसँग युद्धविराम भएको दुई दिनपछि प्रधानमन्त्री मोदीको सम्बोधन आएको हो। यसअघि भारतले ‘अपरेशन सिन्दुर’ अन्तर्गत सैन्य कारवाही गर्दै पाकिस्तानमा आतङ्ककारी संरचनाहरूमा आक्रमण गरेको थियो।

उक्त कारवाही जम्मु–कश्मीरको पहलगाम क्षेत्रमा नेपालीसहित २६ जनाको ज्यान जाने आतङ्ककारी आक्रमणपछि गरिएको हो।