बाजुराको बुढीगंगा नगरपालिकाको अत्याधुनिक चार तले भवनको उद्घाटन

Image
Nisarga Hospital

बाजुराको बुढीगंगा नगरपालिकाको चार तले अत्याधुनिक प्रशासकीय भवनको सोमबार उद्घाटन भएको छ । सो भवनको पूर्व मन्त्री तथा संविधान सभाका सदस्य कर्णबहादुर थापाले उद्घाटन गर्नु भएको हो ।

CP Hospital Dhangadhi
Attariya Hospital

सो भवन निर्माण गर्नका लागि १० करोड ५५ लाख ५३४ रुपियाँ खर्च भएको नगरप्रमुख रामबहादुर बाँनियाले बताउनुभयो । हलसहित २४ कोठा रहेको चार तले प्रशासकिय भवनमा सेवाग्राहीको सुविधा लागि लिफ्ट पनि जडान गरिएको छ ।

बुढीगंगा नगरपालिकाले बाजुरा जिल्लामै पहिलो पटक १० वटै वडा कार्यालय पनि निर्माण गरेको छ भने सीप विकास कार्यलय र स्वास्थ्य केन्द्र पनि बनाइएको छ । वडा नम्बर १ र ८ बाहेकको सोमबार र मङ्गलबार दुई दिन लगाएर उद्घाटन गरिएको छ ।

ती भवनको सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख देवराज जोशी, प्रदेश सभा सदस्य तथा प्रदेशसभाका पूर्वमन्त्री नरेशकुमार शाही, पदमबहादुर शाही, प्रतिनिधि सभाका पूर्व सदस्य लालबहादुर थापा, संविधानसभाका सदस्यद्वय पेम्वा भोटे शेर्पा, वसुन्धरा रोकाया प्रदेश सरकार पूर्वमन्त्री प्रकाशबहादुर शाह, प्रदेश सभाका पूर्व सदस्य वलदेव रेग्मी लगायतले उद्घाटन गर्नुभएको थियो ।