गौरीगंगामा बेहुला बेपत्ता भएपछि ३ वर्षको प्रेम टुट्यो, विहे पनि रद्द

Image
Nisarga Hospital

अत्तरिया : तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका युवायुवतीको विवाह तय भइसकेको थियो। तर, दुलाहा सम्पर्कविहीन भएपछि विवाह रद्द गरिएको छ।

CP Hospital Dhangadhi

गौरीगंगा नगरपालिका–४ राजीपुर निवासी २४ वर्षीय रमेश कुमाल (नाम परिवर्तन) विवाहको मिति नजिकिँदै गर्दा बेपत्ता भएका हुन्। ३० वैशाखमा विवाह हुने तय भए पनि उनी फेला नपरेपछि विवाह स्थगित गरिएको हो।

हुनेवाली दुलही सङ्गिता बुढा (नाम परिवर्तन) यो घटनापछि मानसिक तनावमा परेकी छन्। उनीहरूबीच तीन वर्षअघि प्रेम सम्बन्ध सुरु भएको थियो। आफन्तजनको सहमतिमा विवाह तय भएको थियो र निमन्त्रणापत्र वितरणदेखि अन्य तयारीसमेत पूरा भइसकेका थिए।

nawajiwan
Attariya Hospital

दुवैले २५ वैशाखमा भारतको पलिया र धनगढी बजारमा विवाहका लागि गरगहना तथा लत्ताकपडा किनेका थिए। सोही दिन उनीहरू धनगढीबाट छुटिएका थिए, तर त्यसपछि रमेश सम्पर्कविहीन भएका हुन्। उनको अन्तिम मोबाइल लोकेशन बर्दियाको मैना पोखर क्षेत्र देखिएको प्रहरीले जनाएको छ। युवकको खोजीका लागि उनकी भाउजु र हुनेवाली दुलहीले प्रहरीमा निवेदन दिएका थिए।

प्रहरीले व्यापक खोजी गरे पनि अहिलेसम्म फेला नपरेको जनाएको छ। यस घटनाले दुलही पक्ष मात्र होइन, दुवै परिवार र समाजमा पनि निराशा र स्तब्धता ल्याएको छ।

Advertize US