कैलालीको मसुरियामा सडक दुर्घटनामा मृत्यु, क्षतिपूर्तिको माग गर्दै मसुरियामा पूर्व–पश्चिम राजमार्ग ठप्प

Image
Nisarga Hospital

पूर्व–पश्चिम राजमार्गको कैलाली अन्तर्गत मसुरिया खण्डमा सोमबार बिहानदेखि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
घोडाघोडी नगरपालिका–२, जनकपुरमा हाइस र मोटरसाइकल ठोक्किँदा मृत्यु भएका गौरीगंगा नगरपालिका–११ का ४५ वर्षीय नरबहादुर कडायतका आफन्त र स्थानीयले क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग गर्दै सडक अवरुद्ध गरेका हुन्।

CP Hospital Dhangadhi
Attariya Hospital

बिहान ९:५० बजेदेखि राजमार्ग बन्द भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
सडक बन्द हुँदा यात्रुहरू अलपत्र परेका छन् भने मसुरिया क्षेत्रमा लामो जाम लागेको बस चालक अमर विष्टले जानकारी दिए। स्थानीयहरूले सडकमा टायर बालेर प्रदर्शन गर्दै आक्रोश व्यक्त गरेका छन्।

दुर्घटनामा बागमती प्रदेश ०१–००६ ख ७१५० नम्बरको हाइस र से ७ प ७३७२ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।
दुर्घटनापछि कडायतको मृत्यु भएको हो। हाइस चालक राजेश चौधरी (लम्की चुहा नगरपालिका–१) र सवारीसाधन दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Advertize US