रुसी सेनामा भर्ती भएका बैतडीका अर्जुनको युक्रेन युद्धमा मृत्यु

Image
Nisarga Hospital

रुसी सेनामा भर्ती भई युक्रेन युद्धमा सहभागी भएका बैतडी मेलौली नगरपालिका–९ का अर्जुनदत्त भट्टको युद्धमै मृत्यु भएको छ। नेपाली सेनाबाट अवकाश प्राप्त गरेका उनी डेढ वर्षअघि रुस गएका थिए। भट्टको युद्धमै निधन भएको पुष्टि पारिवारिक स्रोतले गरेको छ।

CP Hospital Dhangadhi

नेपाल सरकारको परराष्ट्र मन्त्रालयले समेत पछिल्लो विवरण सार्वजनिक गर्दै भट्टसहित २३ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ। मृतकमध्ये सुदूरपश्चिम प्रदेशबाट बैतडीका अर्जुनदत्त भट्टदार्चुलाका ललितसिंह डोबल रहेका छन्।

मृतकहरूको सूचीमा देशभरबाट विभिन्न जिल्लाका युवाहरू छन्:

nawajiwan
Attariya Hospital
  • नवलपरासी: हेमकुमार मगर

  • सल्यान: ताराप्रकाश घर्ती

  • संखुवासभा: रामकृष्ण अधिकारी

  • कास्की: गीतबहादुर घर्तीमगर

  • बागलुङ: मख्खनबहादुर पुन

  • मकवानपुर: रामकुमार प्रधान

  • मोरङ: रोनल मिश्र

  • प्युठान: भीमबहादुर घर्तीमगर

  • म्याग्दी: छमबहादुर घर्ती

  • सुर्खेत: सुजन शर्मा

  • रुकुम पश्चिम: रामकुमार बुढामगर

त्यस्तै, ठेगाना नखुलेका अन्य १० नेपाली युवाहरूको नाम पनि परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ, जसमा लरबहादुर बुढा, नेत्रबहादुर थापा, विकास राई, रूपक राई, महेन्द्र मल्ल, अशोक जीसी, अमृत थापा आलेमगर, उदयराज थारु, प्रितम राई र प्रेमबहादुर लुंगेलीमगर छन्।

मन्त्रालयका अनुसार, उनीहरूको पुस ९ यता विभिन्न मितिमा मृत्यु भएको हो।
योसँगै रुसी सेनामा भर्ती भई युक्रेन युद्धमा मारिने नेपालीको संख्या ७३ पुगेको छ।

Advertize US