इजरायली बमवर्षाबाट गाजा अस्पतालमा भीषण संहार: २८ को मृत्यु, पत्रकारसहित दर्जनौं घाइते

Image
Nisarga Hospital

इजरायली हवाई आक्रमणमा गाजाको खान युनिसस्थित युरोपियन अस्पतालमा कम्तीमा २८ जनाको ज्यान गएको छ भने दर्जनौं नागरिक घाइते भएका छन्।

CP Hospital Dhangadhi

स्थानीय स्रोतहरूका अनुसार इजरायली लडाकु विमानहरूले अस्पताल र त्यस वरपरको क्षेत्रलाई लक्ष्य बनाउँदै छवटा बम खसालेका थिए। विस्फोट अत्यन्त शक्तिशाली रहेको बताइएको छ।

Attariya Hospital

इजरायली सेनाले भने हमास आतङ्ककारीहरूलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ। तर बम आक्रमणमा परी घाइते भएका गाजाका स्वतन्त्र पत्रकारहरू, महिला र बालबालिका समेत परेका छन्। बीबीसीका लागि काम गरिरहेका एक पत्रकारसमेत घाइते भएको पुष्टि भएको छ।

nawajiwan

घाइते र मृतकहरूलाई नजिकैको नासेर अस्पताल पुर्‍याइएको छ। तर अर्को आक्रमणमा सो अस्पतालको आपतकालीन कक्षसमेत क्षतिग्रस्त भएको बताइएको छ। यस क्रममा एक चर्चित प्यालेस्टाइनी फोटो पत्रकारको मृत्यु भएको पुष्टि गरिएको छ।