“आतङ्कवादका जरा उखेल्न भारत तयार” – मोदीको पाकिस्तानलाई कडा चेतावनी

Image
Nisarga Hospital

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवादविरुद्धको लडाइँमा कुनै कसर बाँकी नराख्ने स्पष्ट सन्देश दिएका छन्। पाकिस्तानमाथिको सर्जिकल स्ट्राइक र एयर स्ट्राइकलाई “आतङ्कविरुद्धको निर्णायक हमला” भन्दै मोदीले चेतावनी दिए, “भारतले आक्रमण स्थगित मात्र गरेको हो, पाकिस्तानको व्यवहारअनुसार फेरि कठोर कदम चालिनेछ।”

CP Hospital Dhangadhi

देशवासीका नाममा सम्बोधन गर्दै मोदीले ‘अपरेसन सिन्दूर’लाई भारतको आतङ्कवादविरुद्धको नयाँ नीति भएको उल्लेख गरे। उनका अनुसार भारतले अब स्पष्ट सीमा कोरेको छ — जहाँ आतङ्कवादविरुद्ध शून्य सहनशीलताको नीति लागू गरिनेछ।

“शान्तिको मार्ग शक्ति हुँदै जान्छ,” बुद्धजयन्तीको सन्दर्भ जोड्दै मोदीले भने, “त्यसैले भारतको शक्ति अब आतङ्कवादी प्रवृत्तिविरुद्ध प्रयोग हुनेछ।”

nawajiwan

उनले पाकिस्तानसँग अब संवादको विषय केवल दुई हुन सक्ने बताए — आतङ्कवाद र पाकिस्तान अधीनस्थ काश्मीर।

Attariya Hospital

युद्ध चर्किने सम्भावना रहेको बेला अमेरिकाको पहलमा शनिबार युद्धविराम भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यस्थता गरेर तत्काल युद्धविराम घोषणा भएको जानकारी दिएका छन्। उनले भने, “रातभरको निरन्तर संवादपछि भारत र पाकिस्तान पूर्ण रूपमा युद्धविराममा सहमत भए। म यो कदमको प्रशंसा गर्छु।”

तर भारतले काश्मीरबारे बाह्य मध्यस्थता अस्वीकार गर्दै यो पूर्णतः द्विपक्षीय विषय भएको अडान पुनः दोहोर्याएको छ।

भारतको आरोप छ कि पाकिस्तान आतङ्कवादी घुसपैठलाई संरक्षण दिँदै आएको छ, जबकि पाकिस्तानले यस्ता आरोप अस्वीकार गर्दै आएको छ। तर मोदीले भने, “आतङ्कवादीलाई मलजल गर्ने पाकिस्तान आफैँ एक दिन नाश हुनेछ।”

# ट्रेण्डिङ