अत्तरियाका व्यवसायी खड्का हाजिरीजमानीमा रिहा

Image
Nisarga Hospital

अत्तरिया (कैलाली): अत्तरियाका व्यवसायी तथा अत्तरिया उद्योग वाणिज्य संघका निवर्तमान सदस्य ज्ञानेन्द्र खड्का हाजिरीजमानीमा रिहा भएका छन्। ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रण बहादुर चन्दका अनुसार मंगलबार खड्कालाई हाजिरीजमानीमा छोडिएको हो।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार खड्काले सोधपुछका क्रममा प्रहरीसँग दुर्व्यवहार गरेका कारण उनलाई केही समय हिरासतमा राखिएको थियो। डिएसपी चन्दले भने, “हामीले सोधपुछका क्रममा दुर्व्यवहार गरेपछि पक्राउ गरेका थियौं। अहिले आवश्यक परेको समयमा उपस्थित हुने शर्तमा हाजिरीजमानीमा रिहा गरेका हौं।”

Attariya Hospital

यसअघि खड्कालाई भारतबाट सुन चोरी गरी नेपाल भित्र्याउने तथा कारोबारमा संलग्न गिरोहसँगको सम्पर्क रहेको आशंकामा पक्राउ गरिएको थियो। तर डिएसपी चन्दले सुन चोरीसम्बन्धी अनुसन्धान प्रदेश प्रहरी कार्यालयबाट भइरहेकाले यसबारे थप विवरण उनीहरूसँग रहेको बताए।

nawajiwan

उनका अनुसार खड्कालाई सार्वजनिक शान्ति विरुद्धको अभियोगमा मात्रै पक्राउ गरिएको हो।

Advertize US