गोदावरीको बसन्तपुरमा ब्याटमिन्टन कोर्टको सांसद तुलसी देवकोटाद्वारा सिलान्यास

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं १ बसन्तपुरमा इन्डोर ब्याटमिन्टन कोर्टको सिलान्यास गरिएको छ । सुदूरपश्चिम प्रदेश सांसद तुलसी देवकोटाको पहलमा प्रदेश सरकारको आर्थिक वर्ष ०८१÷०८२ को बजेट विनियोजनबाट ब्याटमिन्टन कोर्ट निर्माण गरिने भएको हो ।
बुधबार सांसद देवकोटाले १५ लाख बराबरको विनियोजन गरिएको बजेटबाट इन्डोर ब्याटमिन्टन कोर्ट सिलान्यास गरेकी हुन् । सिलान्यास गरिएको कोर्टको सागर कन्स्ट्रक्सन प्राली संग ठेक्का भई आषाढ मसान्त भित्रमा निर्माण सम्पन्न गरिने सम्झौता गरिएको छ ।

CP Hospital Dhangadhi
oplus_0

सिलान्यास पश्चात बोल्दै सुदूरपश्चिम प्रदेशकी सांसद तुलसी देवकोटाले आर्थिक वर्ष ०८१÷०८२ सञ्चालित युवा लक्षित कार्यक्रम अन्तर्गत यस वर्ष ब्याटमिन्टन कोर्ट निर्माणको पहल गरिएको जानकारी दिईन ।

nawajiwan

देवकोटाले भनिन्, “स्थानीय तहमै खेलकुद पूर्वाधार निर्माण गरेर नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिन्छ ।’ उनले खेलकुदलाई युवाको क्षमता अभिवृद्धि, स्वास्थ्य र राष्ट्रको प्रतिष्ठासँग जोडिएको क्षेत्र भन्दै यसलाई विशेष प्राथमिकता दिइएको स्पष्ट पारिन् । स्थानीयस्तरमा खेलकुदको पहुँच विस्तार गर्दै युवाहरूलाई सक्रिय तथा अनुशासित जीवनशैलीतर्फ उन्मुख गराउने उद्देश्यले उक्त कोर्ट निर्माण गरिएको बताईन । स्वस्थ समाज निर्माणका लागि खेलकुद अपरिहार्य भएको बताउँदै स्थानीय युवा, बालबालिका र आम समुदायलाई खेलकुदमा सक्रिय सहभागी हुन आग्रह गरिन् ।

oplus_2

यस्तै उनले विकास भनेको क्रमशः अघि बढ्ने प्रक्रिया भएको बताउँदै सबैले धैर्यपूर्वक प्रतिक्षा गर्नुपर्नेमा जोड दिएकी छन् । विकास हरेक क्षेत्र र टोलटोलमा समयक्रममै पुग्ने विश्वास व्यक्त गर्दै उनले समन्वय र प्राथमिकताको आधारमा अघि बढ्दा परिणाम फलदायी हुने बताइन् ।

oplus_2
Attariya Hospital

समारोहमा नगर प्रमुख विरेन्द्र भट्टले खेलकुद क्षेत्रमा युवालाई लक्षित उत्कृष्ट योजना अन्तर्गत ब्याटमिन्टन कोर्ट निर्माण कार्य सुरु गरिएको बताए । नगर प्रमुख भट्टका अनुसार, उक्त कोर्ट निर्माण सम्पन्न भएपछि स्थानीय युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने, लागूऔषध दुव्र्यसन नियन्त्रण गर्ने तथा नकारात्मक क्रियाकलापहरूमा कमी ल्याउने अपेक्षा गरिएको बताए ।

oplus_2

“ब्याटमिन्टन कोर्टको निर्माणले वडा नं. १ का युवा, विद्यार्थी तथा खेलप्रेमीहरूलाई प्रशिक्षण तथा प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गर्नेछ’’ उनले भने । नगर प्रमुख भट्टले स्थानीय तहमा यस्ता खेलकुद पूर्वाधार विस्तार हुँदै जाँदा सामाजिक सद्भाव अभिवृद्धि हुने र जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।

oplus_0

यस्तै नगर प्रवक्ता एबं वडा नं १ का वडाध्यक्ष गोपालदत्त भट्टले खेलकुदले युवामा अनुशासन, स्वास्थ्य र सकारात्मक सोच विकास गर्ने भएकाले यस क्षेत्रको पूर्वाधार निर्माणमा विशेष प्राथमिकता दिइएको बताए । उनले विकासका कार्यहरू क्रमशः अघि बढ्ने बताउँदै समग्र क्षेत्रको समुचित विकासका लागि ढिलो चाँडो भए पनि सबै वडामा आवश्यक पूर्वाधार निर्माण गरिने प्रतिबद्धता जनाए ।

“खेलकुद क्षेत्रमा लगानी गर्नु भनेको युवाको भविष्यमा लगानी गर्नु हो,” वडाध्यक्ष भट्टले भने, “वडाबाट हुने विकासमा म सधैं तत्पर छु, साथै स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्दै थप स्रोत र अवसर ल्याउने प्रयास निरन्तर रहनेछ ।”

Advertize US