केदार सूर्य बहुमुखी क्याम्पस सञ्चालक समितिले बैठकमा नबोलाएकोमा स्ववियुको आपत्ति

Image
Nisarga Hospital

अत्तरिया : डोटीको केदार सूर्य बहुमुखी क्याम्पस सञ्चालक समितिको बैठकमा नबोलाएको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले आपत्ति जनाएको छ । स्ववियुले बुधबार एक विज्ञप्ति जारी गर्दै सञ्चालक समितिको बैठकमा नबोलाएको प्रति आपत्ति जनाएको हो ।
सभापति यशोदा बोहरा र सचिव विक्रम साउदको संयुक्त हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘मिति २०८२\१\२४ गतेका दिन केदार सुर्य बहुमुखी क्याम्पस सञ्चालक समितिको बैठक बसी विभिन्न निर्णय गरेको सुन्नमा आएको छ ।’

CP Hospital Dhangadhi

‘केदार सूर्य बहुमुखी क्याम्पस सञ्चालन सम्बन्धी विद्यानको परिच्छेद ४ को दफा १७ मा क्याम्पस सञ्चालक समितिको गठन सम्बन्धि व्यवस्था गरिएको छ । दफा १७ को उपदफा ‘क’ को बुँदा नं.६ मा स्ववियु सभापति क्याम्पस सञ्चालन समिति सदस्य रहने स्पष्ट व्याख्या गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘क्याम्पस सञ्चालक समितिको बैठकमा स्ववियु सभापतिलाई कुनै जानकारी नदिई बैठक सञ्चालन गरेकोमा सञ्चालक समिति र क्याम्पस प्रशासन प्रति गम्भीर आपत्ति प्रकट गर्दछौं ।’

बैठकहरुमा स्ववियु सभापतिको उपस्थिति अनिवार्य हुनुपर्नेमा त्यसो नगर्नु असंवैधानिक, अत्यन्तै दुर्भाग्यपूर्ण, अलोकतान्त्रिक र विधि विपरीतको कार्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

nawajiwan
Attariya Hospital

‘यस प्रकारको गैरजिम्मेवार र अपारदर्शी व्यवहारले विद्यार्थीको विश्वासमा आँच पुर्याउनुका साथै क्याम्पसको शैक्षिक र संस्थागत गरिमा समेत क्षतिग्रस्त भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘हामि यस घटनाको कडा भत्र्सना गर्दै आगामी दिनमा यस्तो कार्य नदोहोर्याउन चेतावनी दिन चाहन्छौं र क्याम्पस प्रशासनलाई तत्काल लिखित जवाफ सहित सार्वजनिक माफी माग्न समेत सचेत गराउन चाहन्छौं ।’

स्ववियुले विज्ञप्तिमार्फत विभिन्न माग समेत राखेको छ । स्ववियुले क्याम्पस प्रशासन र सञ्चालक समितिलाई ७ दिनभित्र आफ्ना मागहरुलाई पूरा गर्न समेत आग्रह गरेको छ । माग पूरा नभएमा कडा भन्दा कडा आन्दोलन गरिने विज्ञप्तिमा उल्लेख छ ।

Advertize US