बैतडी बाल सञ्जालको अध्यक्षमा यज्ञराज धामी

Image
Nisarga Hospital

बैतडीः बैतडी जिल्लामा जिल्लास्तरीय बाल सञ्जाल गठन गरिएको छ। सामाजिक विकास कार्यालय बैतडीका प्रमुख श्री शंकर दत्त जोशीको संयोजकत्वमा सम्पन्न बैठकबाट यज्ञराज धामीलाई सञ्जालको अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरिएको हो।

CP Hospital Dhangadhi

धामी विगत लामो समयदेखि बाल अधिकार, बाल संरक्षण र बाल सहभागिताको क्षेत्रमा सक्रिय रूपमा क्रियाशील रहँदै आएका छन्। उनी सुर्नया गाउँपालिका–६ का स्थायी बासिन्दा हुन्। यसअघि उनले वडास्तरीय बाल सञ्जालको अध्यक्षका साथै सुर्नया गाउँपालिका स्तरीय बाल सञ्जालको नेतृत्व पनि सफलतापूर्वक सम्हालिसकेका छन्। बालबालिकाको आवाज बुलन्द गर्दै विभिन्न सामाजिक अभियानमा उनी अग्रपङ्क्तिमा रहँदै आएका छन्।

Attariya Hospital

नवगठित सञ्जालको उपाध्यक्षमा बन्दना लुहार, सचिवमा विशाल भट्टराई, सहसचिवमा विजया अवस्थी र कोषाध्यक्षमा लक्ष्मी पार्की चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा भुवन जोशी, पार्वती महरा, गगन पार्की, रेनु नायक, करिश्मा चन्द, लक्ष्मी धामी, चाँदनी चन्द, गहाना चन्द, विजय चन्द र नरेन्द्र चन्द रहेका छन्।

nawajiwan

नयाँ नेतृत्वसँगै जिल्लामा बाल अधिकारको प्रवर्द्धन, बालमैत्री नीति निर्माण र बाल सहभागिता अभिवृद्धिमा थप प्रभावकारी काम हुने अपेक्षा गरिएको छ।

Advertize US