अत्तरिया दुर्गालक्ष्मी नमुना मा.विमा योग ध्यान कार्यक्रम सुरु

Image
Nisarga Hospital

कैलालीको अत्तरिया स्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा योग ध्यान कार्यक्रम सुरु गरिएको छ। २०८२ साल जेठ १ गतेबाट औपचारिक रुपमा सुरु भएको उक्त कार्यक्रम विद्यालय सभाहलमा सञ्चालन गरिएको हो।

CP Hospital Dhangadhi

विद्यालयको आयोजनामा सुरु गरिएको ध्यान कार्यक्रम प्रत्येक बिहान ५ बजेदेखि ६ बजेसम्म सञ्चालन हुनेछ। शारीरिक र मानसिक स्वास्थ्य सुदृढ बनाउने उद्देश्यले सुरु गरिएको कार्यक्रममा शिक्षक, विद्यार्थी तथा विद्यालयका कर्मचारीहरूको सहभागिता रहनेछ।

Attariya Hospital

कार्यक्रमको प्रमुख अतिथि पतञ्जली योग समितिका कैलाली जिल्ला अध्यक्ष तथा योगगुरु सुवास बम रहेका थिए। विशिष्ट अतिथिका रुपमा समितिका अत्तरिया अध्यक्ष दुर्गा प्रसाईंको उपस्थिति रहेको थियो। विद्यालयकी शिक्षिका सरस्वती पनेरुलाई सहजकर्ताको जिम्मेवारी दिइएको छ।

विद्यालयका अध्यक्ष गणेश शाहका अनुसार विद्यालयमा अध्ययन-अध्यापनको निरन्तरता, शैक्षिक दबाव, थकान तथा विद्यार्थी र शिक्षकहरूमा देखिने मानसिक अस्थिरतालाई ध्यानमा राख्दै नियमित योग तथा ध्यान कार्यक्रमको थालनी गरिएको हो।

उनले बताएअनुसार यस्तो खालको अभ्यासले एकाग्रता बढाउनुका साथै सकारात्मक सोच विकास गर्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ। विद्यालय परिवारलाई तनावमुक्त वातावरण प्रदान गर्नका लागि यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ।

nawajiwan

यस कार्यक्रमले दीर्घकालीन रूपमा विद्यालयमा समग्र व्यक्तित्व विकासमा टेवा पुर्‍याउने विद्यालय पक्षको विश्वास छ।

Advertize US