गोदावरी-१ को १ करोड २० लाखको बजेट सार्वजनिक : पूर्वाधार, शिक्षा र स्वास्थ्यमा प्राथमिकता

Image
Nisarga Hospital

अत्तरिया: गोदावरी नगरपालिका–१ ले आर्थिक वर्ष २०८२/८३ का लागि १ करोड २० लाख रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ। वडा भेला मार्फत सार्वजनिक गरिएको बजेटमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी र सीपमूलक तालिममा विशेष प्राथमिकता दिइएको छ।

CP Hospital Dhangadhi
oplus_2

वडाले टोलटोलमा पुगेर स्थानीय बासिन्दाका सुझाव, माग र आवश्यकताको आधारमा बजेटको खाका तयार पारेको हो। वडाध्यक्ष तथा गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टको नेतृत्वमा बजेट तर्जुमा गरिएको हो।

nawajiwan
oplus_2

नगर प्रमुख वीरेन्द्र भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न नवौं वडा भेलामा नागरिकहरूको उल्लेखनीय सहभागिता रहनु स्थानीय तहप्रतिको विश्वासको संकेतका रूपमा हेरिएको छ। वडाले प्रस्तुत गरेको योजनामा पारदर्शिता, सहभागिता र जनउत्तरदायित्वलाई केन्द्रमा राखिएको जनाइएको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत वडाध्यक्ष गोपाल दत्त भट्टले गरेका छन्। १ नं वडामा बजेट सिलिङ आ व ०८२\०८३ को लागी १ करोड २० लाख ९७ हजार ९ सय ९२ रुपैयाँ बजेट प्राप्त भएको छ। जसमा समानीकरण ७० लाख र सूत्रमा आधारित बजेट ५० लाख ९७ हजार ९ सय ९२ रुपैयाँ रहेको छ।

Attariya Hospital
oplus_2

पूर्वाधार विकास तर्फ ८० लाख, सामजिक विकास तर्फ १५ लाख ५९ हजार,आर्थिक विकास तर्फ १३ लाख ३० हजार, बन तथा वातावरण क्षेत्र तर्फ १ लाख ५० हजार र सुशासन तथा संस्थागत विकास तर्फ १० लाख ६७ हजार ९ सय ९२ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

वडाले टोलटोलमा पुगेर स्थानीय बासिन्दाका सुझाव, माग र आवश्यकताको आधारमा बजेटको खाका तयार पार्नुका साथै योजना छनोट गरिएको वडा अध्यक्ष गोपालदत्त भट्टले बताए ।

नगर प्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको नवौं वडा भेलामा विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडाबासी लगायत सञ्चाकर्मीहरुको उपस्थिति रहेको थियो ।

# ट्रेण्डिङ