
बाजुरा : जिल्लाको गौमूल गाउँपालिकाकी धना वादीले ५५ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् । सोही गाउँपालिका–४ मानाकोटकी वादीलाई प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बुधबार नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।

नागरिकता बनाउनसनाखत गर्ने कोही नहुँदा उनले नागरिकता प्राप्त गर्न सकेी थिइनन् । माइती घर डोटीको सिलगढी भए पनि विवाह गरेर बाजुरा आएकी वादी श्रीमान् र आफन्त कोही नभएपछि नागरिकता पाउनबाट बञ्चित भएकी थिइन् ।

प्रमुख जिल्ला अधिकारी पाध्याले कानुनी प्रक्रिया पूरा गरेर नागरिकता दिलाएपछि उनले खुसी व्यक्त गरिन् । नागरिकता पाउनबाट वञ्चित जिल्लाका नागरिकलाई सहज र कानुनी प्रक्रिया पूरा गरेर नागरिकता उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए ।

नागरिकता नहुँदा उहाँ राज्यबाट पाउने सामाजिक सुरक्षासहित अन्य सुविधाबाट बञ्चित भएकी थिइन् ।



















